Web Design In Nepal

तिलोत्तमा १ को वडा कार्यालयमा सेवाग्राहीले ताला लगाए

जेठ १८, २०७९ बुधबार 109

तिलोत्तमा- रुपन्देही तिलोत्तमा नगरपालिका वडा नम्बर १ को वडा कार्यालयमा तालाबन्दी भएको छ । कार्यालयमा जनप्रतिनिधि नभेटीदा अत्यावश्यक काम राकिएको भन्दै उनीहरुले ताला लगाएका हुन् ।
चौकिल्ला बनाउन तीन चार दिनसम्म वडा कार्यालय धाउँदा पनि वडाध्यक्ष फर्सुराम गिरिलाई नभेट्दा काम रोकिएको र आँफूहरुले ताला लगाएको सेवाग्राही चिरन्जीवी देवकोटाले बताए । शुक्रबार जाँदा कर्मचारीले सोमबारबाट काम हुन्छ भनेका थिए । सोमबार वडाध्यक्षको फोन मागेर सम्पर्क गर्न खोजें फोन काट्नुभयो । न वडाध्यक्ष भेटिनुभयो । न उहाँले कसैलाई कार्यवहाक दिनुभएको रहेछ । जनप्रतिनिधि नहुँदा हाम्रो काम केही पनि भएन । उनले भने ।
जनप्रतिनिधि आएर आफूहरुको काम भएमा मात्र ताला खोल्ने देबकोटाले बताए ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्