Web Design In Nepal

रुपन्देहीको रोहिणीमा बस खस्दा ९ जनाको मृत्यु

जेठ २२, २०७९ आइतबार 97

भैरहवा- रुपन्देहीको रोहिणी पुलमा बस दुर्घट्ना हुँदा ९ जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् । लु २ ख ३८४१ नम्बरको बस जनकपुरबाट भैरहवा आउदै गर्दा भैरहवा परासी सडक खण्डको रोहिणी पुलबाट खसेको हो । दुर्घटनामा मृत्यु भएका ९ जना मध्ये ६ जनाको सनाखत भएको छ। रुपन्देहीको बुटवल योगिकुटीका ५६ वर्षीया बिष्णु पौडेल, बुटवल १३, कालिकानगरका कृष्णप्रसाद बस्याल, तिलोत्तमा वडा नम्बर ८ चार नम्बरकी ३७ बर्षिय तुलसी बस्याल, रौतहट जिल्लाका २० वर्षीया दिनेश दास, रुपन्देहीको ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेको प्रहरीले बताएको छ ।
घाइते मध्ये १६ जनाको अवस्था गम्भीर छ । घाइतेहरुको भैरहवाको भिम अस्पताल र युनिभर्सल मेडिकल कलेजनमा उपचार भइरहेको छ ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्