Web Design In Nepal

लुम्बिनीको बजेट प्रदेश सभाबाट पारित

असार १६, २०७९ बिहिबार 150

बुटवल- आगामी आर्थिक वर्षको लागि लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको बजेट प्रदेशसभाबाट पारित भएको छ । लुम्बिनी प्रदेशसभाको बुधबार बसेको बैठकले अर्थमन्त्री कृष्णध्यज खड्काद्वारा प्रस्तुत बजेट बहुमतले पारित गरेको हो। असार १ गते प्रस्तुत बजेटमाथि मन्त्रालयगत शीर्षकमा छलफल भएको थियो। छलफल सकिएपछि सभामुखले निर्णयार्थ प्रस्तुत गरेको विधेयक प्रदेशसभाले पारित गरेको हो।
आर्थिक वर्ष २०७९र०८० का लागि प्रदेश सरकारले ४२ अर्ब ६३ करोड ७ लाख रुपैयाँको बजेट ल्याएको छ। प्रदेशसभाको आज बसेकै बैठकमा प्रदेश प्रहरी सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र सञ्चार विधेयक समेत स्वीकृत भएको छ ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्