
साउन १, २०७९ आइतबार 111
तिलोत्तमा – रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभा फेरि स्थगित भएको छ । बजेट पारित गर्नको लागि बसेको नगरसभा बैठक गुणपुरक संख्या नपुगेको भन्दै स्थगित गरिएको हो । नगरप्रमुख रामकृष्ण खाणले गुणपुरक संख्या नपुगेको भन्दै बैठक स्थगित गरेका थिए । बैठक स्थगित भएपछि एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिले नाराबाजी गरेका छन् । नाराबाजी भएपछि प्रहरी परिचालन गरिएको छ ।
बैठक स्थगित भएपछि आर्थिक वर्ष २०७९र८० का लागि प्रस्तावित बजेट आज आइतबार पनि पास हुन सकेन । नगरसभाको बैठकमा आफ्ना ४८ जना नगर सदस्यहरु उपस्थित भएपनि आफूहरुलाई प्रमुख प्रशासकिय अधिकृतले हाजिर गर्न नदिएको एमालेले आरोप लगाएको छ । यस अघि साउन ३१ गतेको बैठक पनि गणपुरक संख्या नपुगेको भनि स्थगित भएको थियो ।
प्रतिकृया दिनुहोस्