
बुटवल – लुम्बिनी प्रदेशका केही नाम हेरफेर गरिएको छ। फेरिएर नयाँ नाम भएका मन्त्रालयहरुमा अर्थ तथा सहकारी मन्त्रालय, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, शिक्षा तथा खेलकुद र स्वास्थ्य मन्त्रालय हुन्। यसअघि कानुन महिला तथा बालबालिका मन्त्रालयमा रहेको कानुन कार्य विभाजन अनुसार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको जिम्मेवारीमा थप गरिएको छ। प्रदेश सरकार मन्त्रीपरिषद बैठकले मन्त्रालयका नाम हेरफेर गरेको हो ।
यस्तै बैठकले मन्त्रिपरिषद् बैठकबाट प्रदेश प्रशिक्षण प्रतिष्ठान (स्थापना तथा कार्य सञ्चालन) आदेश २०७८ खारेज गरिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री तथा प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिए।
प्रवक्ता शर्माका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई जना हलुका सवारी चालकको अस्थायी दरबन्दी आ।व।२०७९।८० का लागी स्वीकृत गर्ने,प्रदेशमा विद्युतीय ऊर्जाको उत्पादन, प्रसारण र वितरण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृत प्रदान गर्ने, जगदीशपुर वर्ड स्याङ्चुअरी (पक्षी आरक्षण) कार्ययोजनार व्यवस्थापन योजना (२०७९।८० –२०८३।८४) स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ ।
यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रदेश सचिव पदमा नेपाल प्रशासन सेवा रा।प।प्रथम श्रेणीको प्रदेश सचिव रहने गरी दरबन्दी कायम गर्ने र सो मन्त्रालयको प्रदेश सचिव पदमा अर्को व्यवस्था नभएसम्म श्रम, तथा यातायात व्यवस्था मन्त्रालयमा कार्यरत प्रदेश सचिव (प्रशासन सेवा, रा।प।प्रथम श्रेणी) दीपक राज नेपाललाई थप जिम्मेवारी सहित कामकाज गर्न तोक्ने निर्णय गरेको शर्माले बताए ।
प्रतिकृया दिनुहोस्