Web Design In Nepal

बालिका बतात्कार गरेको आरोपमा सैनामैनामा एक जना पक्राउ

साउन ५, २०७९ बिहिबार 209

सैनामैना- रुपन्देहीको सैनामैना नगरपालिकामा ४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सैनामैना नगरपालिका २ सरौलीस्थित संगमचौककी बालिकामाथि बलात्कार गरेको आरोपमा स्थानिय ४९ वर्षिय खेमप्रसाद भुसाल पक्राउ परेका हुन् । उनी बालिकाका घरभेटी हुन् ।

बुधबार साढे ९ बजेतिर भुसालले बालिकालाई घुम्न जान भन्दै फकाएर लगेका थिए । कघर फर्केपछि बालिकाले पाठेघरमा दुखेको बताएपछि घटना बाहिर आएको हो । बालिकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्