Web Design In Nepal

प्युठानमा जिप दुर्घट्ना, रुपन्देहीकी महिलाको मृत्यु

साउन १४, २०७९ शनिबार 261

बुटवल – प्यूठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, १४ जना घाइते भएका छन्। जिल्लाको स्वर्गद्वारी नगरपालिका– ४ भ्यागुतेमा शनिबार जीप दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका ३ कि ३२ वर्षकी गुडिया ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।
रुपन्देहीका तिर्थयात्री लिएर स्वर्गद्वारी गएको लु ३ च ३५३ नम्वरको जिप फर्कदा दुर्घट्नामा परेको हो। रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाका स्थानीय जीप रिजर्ब गरेर स्वर्गद्वारीको दर्शन गर्न गएका थिए। दुर्घटना घाइते भएका १४ जनामध्ये ९ जनाको अवस्था गम्भीर छ। उनीहरुलाई उपचारको लागि बुटवल ल्याइएको छ ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्