Web Design In Nepal

बक्तृत्वकला प्रतियोगितामा अक्सफोर्ड मा.वि बुटवलकी वर्षा खनाल द्वितीय

माघ ९, २०८० मंगलबार 173

बुटवल,९ माघ । अन्तर विद्यालय स्तरीय हिसानकाे बक्तृत्वकला प्रतियोगितामा अक्सफोर्ड मा.वि बुटवलकी वर्षा खनाल द्वितीय भएकी छन् । आज भएको कार्यक्रममा उत्कृष्ट प्रस्तुति सहित खनाल द्वितीय भएकी हुन।उनले नगद ४ हजार कप,मेडल र प्रमाणपत्र प्राप्त गरेकी छिन् ।कार्यक्रममा स्कलर्स हाेमका राजन केसी प्रथम भएका छन् । उनले उपाधिसंगै नगद ५ हजार रुपैया,कप,मेडल प्राप्त
गरेका छन्।न्यु ईन्भारोमेन्टका श्रीषा थापा तेस्रो हुँदै नगद ३ हजार तथा काशी नोबेलका अर्पिता मलिक सान्त्वना हुँदै नगद २ हजार रुपैयाबाट पुरस्कृत भएकी छन ।

यसैगरि मंगलबार नै भएको जिल्लास्तरिय अन्तर विद्यालय हिसान हाजिरीजवाफ प्रतियोगिताको उपाधि मणिमुकुन्द माबिले हात पारेकाे छ । मणिमुकुन्दका मयुष दाहाल, सक्षम न्यौपाने, सरस्वती क्षेत्रीले उपाधिसंगै नगद ६ हजार,शिल्ड,मेडल,प्रमाणपत्रबाट पुरस्कृत भए । हिसान सचिवालयमा भएको प्रतियोगितामा अक्सफोर्ड माबिका प्रदिप पाण्डे, राजन भण्डारी र दिविसा वलालको टिम दोस्रो हुदै नगद ४ हजार ५ सय रुपैया, कप, मेडलबाट पुरस्कृत भए । एभरेष्ट माबिका सफल ज्ञवाली, कृष्टल श्रेष्ठ र विधाता भुषाल तेस्रो हुँदै ३ हजार तथा स्कलर्स होमका गरिमा काफ्ले, केशव भण्डारी र सुरज पौडेलको टिम सान्त्वना हुँदै नगद १ हजार ५ सय रुपैया, कप, मेडलबाट पुरस्कृत भए ।
एक कार्यक्रमका बिच राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेश कार्यालयका प्रमुख रमाकान्त तिवारी, हिसान केन्द्रीय उपाध्यक्ष लोकनाथ उपाध्याय, परिक्षा बोर्डका शाखा अधिकृत बाबुराम भण्डारी, पुर्व जिशिअ टेक बहादुर थापा, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, हिसानका सल्लाहकार टुक बहादुर क्षेत्रीले विजेता, उपविजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेश कार्यालयका प्रमुख रमाकान्त तिवारीले शैक्षिकसंगै खेल गतिविधिमा विद्यार्थीहरुलाई अग्रसर गराउने महत्वपूर्ण आयामका रुपमा प्रतियोगिता भएको बताए । वार्षिक रुपमा गरिने कार्यक्रमले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनमा मद्यत मिलेको उनले बताए । प्रतियोगितामा जिल्लाका १५ विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्