
अक्सफोर्ड मा.वि बुटवलले एक समारोहबीच एन्फा एकेडेमीकाे खेल मैदानमा खेलकुद सप्ताहकाे उद्घाटन गरेको छ ।विद्यार्थीहरूमा खेलकुदसम्बन्धि क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा कक्षा १ देखि९ सम्मका विद्यार्थीहरूकाे सहभागिता रहेको थियो।आजबाट सुरु भएका खेलकुदहरू निरन्तर रूपमा चार दिनसम्म सञ्चालन हुनेछ ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष दुर्गादत्त भण्डारीकाे अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सदन तथा स्काउटकाका विद्यार्थीहरूले मार्च पास गरेका थिए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य दिनेश भुसालले विद्यार्थीहरूमा खेलकुदप्रति रुचि जगाई उनीहरूमा प्रतिस्पर्धात्मक भावना जगाउनका लागि यस्ता कार्यक्रमहरू फलदायी हुने विचार राखेका थिए।उहाँले विद्यार्थीहरूको शारीरिक र मानसिक विकासका लागि विद्यालयले यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आइरहेको जानकारी दिए ।
कार्यक्रममा क्याम्पस तर्फका अध्यक्ष अजित खनाल,क्याम्पस प्रमुख मनोज मरासिनी,विद्यालयका व्यवस्थापन समितिका सदस्य ललित प्रसाद खरेल,प्राध्यापक सुमन भुसाल लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख कपिल ढकालले गरेका थिए।
प्रतिकृया दिनुहोस्