
बुटवल ,२४ हाेराइजन गाैतमबुद्ध मा. वि तिलाेत्तमामा कक्षा ११ विज्ञान तथा व्यवस्थापन संकायमा पढ्ने विद्यार्थीहरूलाई HTML,CSS,Java script सम्बन्धि एक हप्ते तालिमको समापन एक समारोहबीच सम्पन्न भएको छ।विद्यालयका प्राचार्य गाेपाल प्रसाद आचार्यकाे अध्यक्षता,क्याम्पसका सहायक क्याम्पस प्रमुख इन्द्र भुसाल ,प्राध्यापक डा.नारायण प्रसाद पन्थ,विज्ञान संकाय काेडिनेटर प्रदिप अर्याल ,अप्रेसन प्रमुख दिपेन्द्र विष्ट,कम्प्युटर विभागका विभागिय प्रमुख अर्जुन अर्याल ,टेर्नर इ.वैजनाथ थारू,विशाल थापा,कुसुम क्षेत्री लगायतको आतिथ्यता रहेको थियोे । समापन समारोहमा बाेल्दै प्राध्यापक डा.नारायण पन्थले वर्तमान अवस्थामा विज्ञान र प्रविधिकाे विकास सङ्गै धेरै अवसर हामीबीच रहदा चुनाैतीहरू पनि रहेकोमा जाेड दिएका थिए।कार्यक्रममा बाेल्दै विज्ञान संकाय काेडिनेटर प्रदिप अर्यालले हाेराइजन गाैतमबुद्ध मा.विमा विगतदेखि नै यस्ता कार्यक्रम गर्दै आएको स्मरण गर्दै ,कम्प्युटर विषय आफैमा प्राविधिक विषय भएकोले दैनिक नयाँनयाँ विषयमा खाेज निरन्तर आवश्यक रहनेमा जाेड दिए।
सहायक क्याम्पस प्रमुख इन्द्र भुसालले हाेराइजन गाैतमबुद्ध मा. विले कम्प्युटरमा विद्यार्थीहरूलाई दक्ष बनाउन तथा विश्व बजारमा बिक्ने जनशक्ति निर्माण गर्न समय समयमा HTML,CSS जस्ता विषयमा तालिम प्रदान गर्ने गरेको बताउंदै,यस्ता तालिमले विद्यार्थीहरूलाई सिर्जनशिल बनाउने समेत बताए ।समापन समारोहमा एक हप्तासम्म तालिम लिएका विद्यार्थीहरूलाई प्रमाणपत्र तथा टेर्नरहरूलाई मायाको चिनाे प्रदान गरि सम्मान गरिएको थियोे ।कार्यक्रमा बाेल्दै विद्यालयका प्राचार्य गाेपाल प्रसाद आचार्यले एक हप्तासम्म तालिम लिइ आफुलाई सिर्जनशील बनाउदै नयाँनयाँ प्राेगामहरू निर्माण गरेकाेमा खुसी ब्यक्त गर्दै AI काे जमाना आएकोमा सिर्जनशिल हुनुपर्नेमा जाेड दिए।
कम्प्युटर विषय आफैमा महत्त्वपूर्ण भएको हुँदा समयसमयमा परिवर्तन हुने कुरामा आफुहरू अबडेट हुनुपर्नेमा जाेड दिदै,तालिम अवधिभर साथ दिने सम्पूर्णमा आभार व्यक्त गरे।समापन समारोहमा विद्यार्थीहरू गाैरव पाैडेल,रितिका लामगाडे र कामना आचार्यले आफुहरूले सिकेको कुरामाथि प्रकाश पारेका थिए।कार्यक्रमकाे सञ्चालन छात्र सागर खनालले गरेका थिए।
प्रतिकृया दिनुहोस्