Web Design In Nepal

खेल सप्ताहकाे दाेस्राे दिन अक्सफोर्डमा विभिन्न खेलहरू भए सम्पन्न

माघ २६, २०८० शुक्रबार 119

बुटवल २६,माघ
“स्वास्थ्यका लागि खेलकुद”भन्ने नारा सहित अक्सफोर्ड मा.वि बुटवलमा सञ्चाल भएको खेल सप्ताहको दोस्रो दिन खेलका विभिन्न विधामा विद्यार्थीहरूविच प्रतिस्पर्धा भएको छ। भलिबल छात्रातर्फ आसिका लामिछानेको समुह प्रथम भएको छ भने रुवि रानाको समुह दोस्रो भएको छ। भलिबल छात्र तर्फ मान बहादुर बलालको टिम प्रथम भएको छ भने सफल थापाको टिम दोस्रो स्थानमा आउन सफल भएको छ ।

यसैगरी Long Jump Girls तर्फ प्रथम फिवि राना, द्धितिय रिया अधिकारी र आस्था रिजाल तृतिय स्थानमा आउन सफल भएका छन् । Long Jump Boys तर्फ प्रथम सकीन राना, द्धितीय डिपिन श्रेष्ठ र सुसान्त भण्डारी तृतिय भएका छन् ।
यसैगरी High jump Girls तर्फ प्रथम फिवि राना र द्धितिय स्थानमा आस्था रिजाल आउन सफल भएकी छिन् । High jump Boys तर्फ प्रथम सरोज न्यौपाने,द्धितिय डिपिन श्रेष्ठ र बिवस रसाइली तृतीय भएका छन् ।

Basket Ball Boys तर्फ प्रथम स्थानमा अनुप सारु,अनमोल थापा,संगित क्षेत्री,रोयल सलामी र विजय सोमाइ,द्धितीय स्थानमा आदर्स खत्री बिवेक परीयार, आदेश भण्डारी, दिवन थापा र सुसान्त पाण्डे आउन सफल भएका छन् भने Basket Ball Girls तर्फ प्रथम स्थानमा रुविना श्रेष्ठ, मन्जरी श्रेष्ठ, एभ्रिल गाहा, से्रया गुरुङ् र प्राथाना गुरुङ् एवम् द्धितीय स्थानमा काजल सिहं,मेरीना पुन, सुस्मा सर्मा,से्रया सर्मा र सोनम सिहं आउन सफल भएका छन् ।
यसैगरी कबड्डि छात्रतर्फ रिवाज गुरुङ्को टिम प्रथम भएको छ भने छात्रा तर्फ एलिसा लोहनियाको टिम प्रथम भएको छ ।
क्रिकेट तर्फ सवन खत्रीकोे टिम प्रथम भएको छ भने सजल खनालको टिम द्धितीय भएको छ ।

खेलकुद महोत्सवलाई सफल पार्न विभिन्न विधामा संयोजकहरु तोकिएको छ जसमा आजका खेलहरु भलिबलमा विष्णु खनाल, High Jump/Long Jump मा गोपाल खरेल, Basket Ball मा किरण शर्मा, क्रिकेटसमा सञ्जिप श्रेष्ठ र कबड्डिमा राजकुमार पाण्डे रहनुभएकाे छ ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्