Web Design In Nepal

जिल्लामै पहिलो पटक अनलाइन सिफारिस प्रणालीको सुरुवात गर्याे माथागडिले।

फागुण ३, २०८० बिहिबार 333

बुटवल ३,जिल्लामै पहिलो पटक माथागढ़ी गाउपालिका वडा न १ चिदीपानीमा अनलाईन सिफारिस प्रणाली शुभारम्भ गरिएको छ । नाता प्रमाणित योजना सम्झौता, जग्गा नामसारी,नागरिकता सम्बन्धी सबै सिफारिसहरु Annual Income Verification (बार्षिक आयश्रोत प्रमाणिकरण)’उद्योग/फर्म दर्ता सिफारिस, जन्म/मृत्यु प्रमाणित, आय-व्यय प्रमाणित लगायत यो अनलाइन सिस्टम द्वारा विभिन्न प्रकृतिका सिफारिसहरु छिटो र छरितो गर्न सकिने वडा अध्यक्ष राजकुमार पन्थीले बाताउनुभयो।साथै ,वडा कार्यालयबाट जारी सिफारिस पत्रको केन्द्रिय विधुतीय अभिलेखीकरण हुने, सेवाग्राहीले अनलाईन मार्फत निवेदन बुझाउन सकिनेछ।जसले गर्दा सेवाग्राहीको डाटाबेस बिस्तार भई सेवा प्रवाह छिटो छरितो ,विश्वसनीय र प्रभाबकारी हुनेछ।
प्रविधिको प्रयोग गरी पेपर-लेस सेवा प्रवाहको दिशामा महत्वपुर्ण खुड्किलो हुने पन्थीको भनाइ छ।
यो सेवा प्रयोग गर्न को निम्ति यो URL https://sifarish.ibis.com.np/login मा क्लिक गर्न सकिने वडा सचिब राजु ज्ञवालीले जानकारी दिनुभयो।सुभारम्भ केश ब सिङ्जालीलाइ पहिलो सेवाग्राहीको रुपमा सिफारिस गरिएको छ्।कार्यक्रममा कर्यपालिका सदस्य तुल्सा न्यौपाने वडा सदस्य डुकुल ब गाहा इन्जिनियर निवेश किरण अधिकारीको उपस्थिति रहेको थियो।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्