Web Design In Nepal

नवीन औद्योगिक मा.विमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

फागुण ४, २०८० शुक्रबार 143

बुटवल, फाल्गुन ४,
नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.देवीनगरमा शुक्रबार कक्षा ११ को नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।प्रमुख अतिथि शिक्षा तालिम केन्द्र लुम्बिनी प्रदेशका प्रमुख हरिलाल अर्यालले विद्यालय प्रशासन, व्यवस्थापन शिक्षक र विद्यार्थीहरूको संयुक्त प्रयासबाट विद्यालय प्रदेश नमुना बन्न सफल भएकोमा जोड दिँदै विद्यार्थीहरूले जीविका पार्जन गर्न सक्ने शिक्षा पाउन जागिर होइन पेशा गर्न सक्ने क्षमता विकास होस् र मेहनत, परिश्रम र लगनशील भएर अध्ययन गरे अवसर प्राप्त गर्न कठिन नहुने दाबी गर्दै विद्यालयले सबै वर्गका विद्यार्थीहरुलाई पढ्ने समान अवसर दिएकोमा खुसी व्यक्त गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेलको अध्यक्षतामा कक्षा १२ व्यवस्थापन समूहकी छात्रा आशिका लामाको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सहायक प्रधानध्यापक अर्जुन खनाल र उत्कृष्ट विद्यार्थी आकृति अधिकारीले आफ्ना अनुभव सेयर गरेकी थिइन् ।

विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले बुटवल उपमहानगरपालिकाको ६५ औं स्थापना दिवसको अवसरमा २०७९ को एसइईमा उत्कृष्ट नतिजा ल्याई बुटवल उपमहानगरपालिकाले शैक्षिक उन्नयनमा उल्लेखनीय योगदान पुर्याए वापत सम्मान, अन्तर विद्यालय स्तरीय प्रथम मेयर कप नकआउट छात्र फुटबलमा उपविजेता,अन्तर विद्यालय लोक नृत्य प्रतियोगितामा उपविजेता भई ६० हजारका दरले सम्मानित, प्रथम मेयर कप मार्च पासमा प्रथम र पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा द्वितीय,रूपन्देही जिल्ला स्तरीय क्रिकेटमा सेकेन्ड रनरअप,डान्स आइडलमा आकृति परियार प्रथम लगायत पठनपाठन, खेलकुद,सांस्कृतिक, विद्यार्थी सङ्ख्या लगायतमा अब्बल साबित हुन सफल भएकोमा भावी दिनमा अझै व्यवस्थित गर्दै जाने धारणा व्यक्त गर्नुभयो ।

उक्त अवसरमा प्रमुख अतिथिले उच्च जीपीए ल्याउने विद्यार्थीहरू आकृति अधिकारी, सुदीप खड्का, इरफान अन्सारी, शिव गैरे, अर्जुन पौडेल, माधव खनाल, प्रवेश भण्डारी, भागीरथी थारु, युवराज चौधरी, राजु यादव, विपिन खनाल, सुजल पाण्डे, रमन बि.क.अनुज पौडेल, एलिसा क्षेत्री र समिर सार्कीलाई नगद र विज्ञान, व्यवस्थापन र शिक्षा समूहमा प्रथम द्वितीय र तृतीय हुन सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्