Web Design In Nepal

युवा संघ नेपाल बुटवलले फुटबल प्रतियोगिताको फाईनलको पूर्व सन्ध्यामा बुटवलमा निकाल्याे र्‍याली

फागुण ४, २०८० शुक्रबार 286

बुटवल फागुन ४। राष्ट्रिय युवा संघ नेपाल बुटवलले १७ औ मनमोहन स्मृति वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको फाईनलको पूर्व सन्ध्यामा बुटवलमा ¥याली निकालेको छ बुटवलको सिद्वेश्वरी खेल मैदानबाट निकालेको र्याली हिलपार्क, रामनगर, चिडियाखोला, ट्राफिकचोक हुदै खेल मैदानमा पुगेर समापन भएको राष्ट्रिय युवा संघ बुटवल नगर अध्यक्ष गणेश बोहोराले जानकारी गराए।

वडा स्तरीय कप माघ २२ गते सुरु भएको खेल फागुन ५ गते समापन हुने छ। बुटवल उपमहानगरपालिका १८ वटा वडा सहभागी रहेको खेलमा भोली फाईनलमा वडा न ६ र वडा न ७ वीच प्रतिष्पर्धा हुने नगर अध्यक्ष बोहोराले जानकारी गराए। कोणसभालाई सम्वोधन गदै राष्ट्रिय युवा संघ का केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज केशब रोकाले युवाहरु राजनितिमा मात्र नभई खेलकुदको क्षेत्रमा अगाडी रहेको बताए।

युवा सघले युवाहरु खेलकुदको माध्यमबाट अगाडी बढाउन बिभिन्न खालका खेलकुदका कार्यक्रमहरु आयोजना गदै आएको बताए। कार्यक्रममा राष्ट्रिय युवा संघ रुपन्देही जिल्ला अध्यक्ष बिकास बस्नेत लगायतका नेताहरुले मन्तव्य राखेका थिए ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्