Web Design In Nepal

देवदह नगरपालिकामा कांग्रेस र राप्रपाका कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप

फागुण १४, २०८० सोमबार 283

बुटवल, देवदह नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाउन पुगेका कांग्रेस र राप्रपाका कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप भएको छ ।कार्यकक्षमा ताला लगाउन प्रयास गर्ने र त्यसलाई रोक्ने सुरक्षाकर्मीबीच घम्साघम्सी भएको हो ।

कांग्रेस र राप्रपाका जनप्रतिनिधि सहित नगरपालिका पुगेका कार्यकर्ताहरुले नेपाल प्रहरीले बोकेको टियर ग्याँसको हतियार खोस्ने प्रयास गरेपछि थप तनाव बढेको छ । अहिलेपनि धकेलाधकेल भइरहेको छ । प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाउने प्रयास जारी छ भने सरक्षाकर्मीले छेक्ने प्रयास गरिरहेका छन् ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्