Web Design In Nepal

मदन भण्डारी स्पोर्ट्स एकेडेमी,महिला हक्की प्रतियोगितामा विजयी

फागुण १६, २०८० बुधबार 195

बुटवल।खेल आयाेजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले जनकपुरमा जारी प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा मङ्गलबार जित निकालेको छ ।

एकेडेमीले मधेश प्रदेशलाई ३–१ गोलले हरायो । विजयी टिमका लागि ‘प्लेयर अफ दि म्याच’ मधु राईले दुई तथा शोभा शर्माले एक गोल गर्नुभयो । मधेशकी शुभमले एक गोल गर्नुभयो ।

प्रतियोगिताको अन्य खेलमा सुदूरपश्चिम प्रदेश र नेपाल आर्मीले जित निकाले । सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ३–० गोलले हरायो । सुदूरपश्चिमका लागि ‘प्लेयर अफ दि म्याच’ सन्जनाकुमारी भारतीले दई तथा नमिता एसकेले एक गोल गर्नुभयो ।

आर्मीले कोशी प्रदेशमाथि ६–० गोलको जित निकाल्यो । आर्मीको जितमा दम्मरा भट्ट, सरस्वती तामाङ, सीतामाया बालाक्लाभा, कमला चन्द, ममता भट्ट र सीमा खड्काले गोल गर्नुभयो । दम्मरा भट्ट ‘प्लेयर अफ दि म्याच’ हुनुभयो ।

फागुन १९ गतेसम्म चल्ने प्रतियोगितामा कर्णालीबाहेक ६ प्रदेश, नेपाली सेना तथा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी गरी आठ टोलीको सहभागिता छ ।

प्रतियोगिताको उपाधि विजेता टोलीलाई एक लाख ५० हजार, उपविजेतालाई एक लाख र तेस्रो हुने टोलीलाई ५० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडीले १० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन्

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्