
पार्वती न्यौपाने,
चैत्र ३, बुटवल । अक्सफोर्ड माध्यमिक विद्यालय बुटवलले कक्षा १२ का विद्यार्थीहरूका लागि विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । भैरहवा स्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न कार्यक्रममा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठको प्रमुख आथित्य र कक्षा ११ का छात्र साहित्य ज्ञवालीको अध्यक्षता रहेको थियो। प्रमुख अतिथि श्रेष्ठले अक्सफोर्ड मावि राष्ट्रमै उत्कृष्ट रहेको र अझै थप प्रगतिको शुभकामना समेत व्यक्त गर्नुभयो। कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड प्रदेश कार्यालय प्रमुख रमाकान्त तिवारी शाखा प्रमुख बाबुराम भण्डारी अभिभावक संघ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली संस्थापक प्राचार्य यज्ञमूर्ति पाण्डे अक्सफोर्ड कलेजका अध्यक्ष अजित खनाल क्याम्पस प्रमुख मनोज मरासिनी लगायतले बोल्नुहुँदै कक्षा १२ मा सम्मिलित हुन लागेका विद्यार्थीहरूलाई समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रममा उपस्थित अतिथिहरूलाई स्वागत गर्दै विद्यालयका सहप्राचार्य सुमन भुसालले विगतका नतिजाहरू स्मरण गर्दै प्रदेशमा मात्रै नभई राष्ट्रिय स्तरमै उच्च अङ्क प्राप्त गर्न सफल भएकाले विद्यार्थीहरूको पहिलो रोजाई अक्सफोर्ड बन्नेगरेको उल्लेख गर्नुभयो| वैशाख १४ गतेबाट सञ्चालन हुने कक्षा १२ को परीक्षामा अक्सफोर्ड माविबाट ९१२ जना विद्यार्थीहरु सहभागी रहने अक्सफोर्डमा करिब ५ हजार बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्राचार्य दिनेश भुसालले बताउनुभयो। कार्यक्रममा मोटिभेसनल स्पिकर सृष्टि केसीले उत्प्रेरणा दिनुभएको थियो भने राष्ट्रिय गायिका रचना रिमालको बेजोड प्रस्तुति रहेको कार्यक्रममा विद्यार्थीहरूले समेत आफ्ना नृत्य र सांस्कृतिक प्रस्तुतिहरु प्रदर्शन गरेका थिए। कक्षा ११ का छात्रा रुबी अर्यालको स्वागत स्तुति पौडेल, सरलेट भुसाल ,करिश्मा बेलबासे ,अन्जली खरेल ,सुवेक्षा भट्टराई र सचिन भण्डारीको सञ्चालन रहेको कार्यक्रममा कक्षा १२ का छात्रा वर्षा खनाल र आस्था रिजालले धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रममा खेल सप्ताहमा उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षक, संयोजक र १० वर्ष सेवा अवधि पूरा गरेका प्राध्यापक कर्मचारी लगायतलाई सम्मान गरिएको थियो। कक्षा १२ का विद्यार्थीहरूलाई खादा तथा मायाको चिनो प्रदान गरी विदाई गरिएको कार्यक्रममा करिब २००० जनाको उपस्थिति रहेको व्यवस्थापन विभाग प्रमुख बालकृष्ण पोखरेलले बताउनुभयो ।
प्रतिकृया दिनुहोस्