Web Design In Nepal

सहज सहकारि बुटवलमा महिलाको भि आइ ए परिक्षण तथा निशुल्क स्वास्थ शिविर सम्पन्न ।।

चैत्र १०, २०८० शनिबार 251

चैत १० , बुटवल । सहज बचत तथा ऋण सहकारि सस्था लि रुपन्देहि ले पाठेघर स्क्रिनिङ VIA चेकजाच तथा निशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न गरेको छ । बुटवल ७ शिवनगर स्थित सस्था को केन्द्रीय कार्यलय मा महिला सदस्य हरु लाइ लक्षित गरि पाठेघर को परिक्षण कार्यक्रम गरेको हो । नेपाल परिवार नियोजन सङ्घ रुपन्देहि तथा लायन्स क्लव अफ बुटवल चौतारि को प्राविधिक सहयोग मा सस्था का करिब दुइ सय महिला सदस्य को स्वास्थ परिक्षण गरि निशुल्क औषधि समेत वितरण गरिएको सस्था का अध्यक्ष ॐ प्रकाश अर्याल ले जानकारी दिनुभयो । परिक्षण मा ५ जना मा मात्र भि आइ ए पोजेटिभ देखिएको एफ पान रुपन्देहिका स्वस्थ्य कर्मि विष्णु माया गुरुङ ले जानकारी दिनुभयो ।सस्थापक अध्यक्ष दिलिप रिजाल को प्रमुख अतिथ्यमा भएको कर्यक्रम मा लायन्स कल्व अफ बुटवल चौतारि का अध्यक्ष राम्जि नेपाल कर्यक्रम संयोजक विष्णुमाया भन्डारि सचिव पार्वती न्यौपाने लगाएत ले बोल्नु भएको थियो । सस्थाले वार्षिक कार्यक्रम अन्तर्गत हरेक वर्ष शेयर सदस्य हरु को लागि विभिन्न स्वास्थ्य परिक्षण कार्यक्रम गर्दै आएको मा यस वर्ष महिला लक्षित कार्यक्रम गरेको वरिष्ठ उपाध्यक्ष विशाल बेल्बासेले बताउनु भयो । १५०० बढि शेयर सदस्य रहेको सहकारिमा करिब ८०० जना महिला शेयर सदस्य रहेका छन । बुटवल -७ मा केन्द्रीय कार्यलय रहेको सहकारी को तिलोत्तमा -४ मा समेत सेवाकेन्द्र रहेको छ ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्