पार्वती न्यौपाने।चैत १६, तिलोत्तमा ।
विष्णुपुर टोल विकास सस्था तिलोत्तमा -४ रुपन्देहिले २ दिने योग कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार कार्यक्रम को समापन गर्दै प्रमुख अतिथि तिलोत्तमा -४ का वडा अध्यक्ष हरि वहादुर क्षेत्री ले योग शिविर ले मानिस को शारिरिक र मानसिक स्फुर्ति बढाउने हुदा अत्यन्तै समय सान्दर्भिक कार्यक्रम को आयोजना गरेको उल्लेख गर्नु भयो ।
तारा प्रसाद बेल्बासे को अध्यक्षता मा सामुदायिक बहुउदेश्यि भवन मा भएको योगा कार्यक्रममा वाड न ४ का अध्यक्ष हरि बहादुर क्षेत्री सहित , वडा सदस्य हरि माया नेपालि पुर्व जनप्रतिनिधि मन्जु थापा , वडा कार्यलय का सचिव काशिराम ज्ञवाली लगायत १०० जना बढि स्थानिय बासिन्दा को सहभागिता रहेको टोल विकास समिति का सचिव तथा कार्यक्रम संयोजक विष्णुमाया भन्डारिले जानकारी दिनुभयो ।
यस क्षेत्र का टोल विकास सस्था हरु मा योग प्रशिक्षण कार्यक्रम गर्ने पहिलो सस्था विष्णुपुर टोल विकास सस्था बन्न पुगेको र आगामि दिन हरु मा पनि यस प्रकार का कार्यक्रम लाइ जोड दिइने सचिव भन्डारि को भनाइ छ । शिविर मा योग प्रशिक्षक कल्पना कुवर ले सहजिकरण दिनुभएको थियो
प्रतिकृया दिनुहोस्