Web Design In Nepal

रास्वपा द्वारा मर्चवार मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न ।

चैत्र १७, २०८० शनिबार 272

चैत १७, रुपन्देहि । राष्ट्रीय स्वतन्त्र पार्टी अभियान तथा प्रचारप्रसार विभाग ,स्वास्थ्य तथा जनसङ्ख्या विभाग लुम्बिनी प्रदेश ,साथै रास्वपा रुपन्देही जिल्लाको संयुक्त आयोजनामा रूपन्देही जिल्लाको कोटियामाई गाउँपालिका वडा नम्बर ६ मा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।| आम जनतामा स्वास्थ्यको पहुँच नारा लिएर सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा करिब ७०० बढी स्थानियले स्वास्थ्य परीक्षण गराएको आयोजकले बताएको छ।

रास्वपा जिल्ला सभापति डा. बुद्धिप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अभियान तथा प्रचारप्रसार विभाग प्रमुख महेन्द्रप्रसाद उपाध्यायले गर्नुभएको थियो।| शिविरको उद्घाटन सत्रमा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुख डाक्टर योगेन्द्र अग्रहरीले स्थानीय स्तरमा स्वास्थ्यको पहुँच पुर्याउनुपर्नेमा जोड दिनुभयो । कोटिमाइ मा  अवस्थित मर्चवारी मन्दिरको हलमा भएको स्वास्थ्य शिविरमा विशेषज्ञ डाक्टरहरुद्वारा बालरोग, स्त्रीरोग, हाडजोर्नि ,  फिजिसियन स्वास्थ्य जाँच एवं फिजियोथेरापी सेवासहित निःशुल्क औषधि वितरण समेत गरिएको थियो|

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्