चैत्र २०, २०८० मंगलबार 346
२० चैत, काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप कपमा बरोडालाई २७ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको छ । जितको लागि १५७ रनको लक्ष्य पछ्याएको बरोडाले २० ओभरमा सबै विकेट गुमाएर १२९ रन बनायो ।
बरोडाका भानु पानियाले २६ बलमा ३ छक्कासहित सर्वाधिक ३६ रन बनाए । कप्तान विष्णु सोलांकीले ३२ बलमा २ चौकासहित २५ रन बनाए । बाबा खानले १८ बलमा २ चौका र २ छक्कासहित २७ रन बनाए । यो सङै नेपालले दुइ वटा खेल जितेको छ ।
प्रतिकृया दिनुहोस्