Web Design In Nepal

बढ्यो टियागो इभिको मूल्य

चैत्र २५, २०८० आइतबार 304

बुटवल । नेपालका लागि टाटा मोटर्सको अधिकारीक वितरक सिप्रदी ट्रेडिङ्गले टियागो ईभीको मूल्य बढाएको छ । कम्पनीले नेपालमा बिक्री सुरु भएको ७ महिनापछि टियागो ईभीको मूल्य बढाएको हो । नाडा अटो शो २०२३ मा नेपाल आएको टियागो ईभी २१ लाख ९९ हजारदेखि २७ लाख ९९ हजार इन्टोडक्टरी प्राइस तोकेर बिक्री सुरु भएकोमा अब सबै भेरियन्टमा १ लाख रुपैयाँ मूल्य बढेको हो । विगत ७ महिनामा १ हजार ५०० भन्दा बढी सन्तुष्ट ग्राहक रहेको र सुरुवाती मूल्य अफर सकिएसँगै सबै भेरियन्टमा मूल्य बढाइएको हो’, कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । कम्पनीका अनुसार २०२४ अप्रिलको ५ तारिकदेखि टियागो ईभीमा बढेको मूल्य लागू भएको छ । २४ किलोवाट आवरसम्मको ब्याट्री प्याक र ५० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको टियागो एक पारिवारीक ह्याचव्याक कार हो ।

मासिक किस्तामा कस्तो पर्ला असर ?

अहिले बैंक तथा वित्तिय संस्थाले १० प्रतिशतभन्दा कम ब्याजदरमा मै गाडी कर्जा उपलब्ध गराउन थालेका छन् । यस्तोमा कम्पनीले बढाएको मूल्यको असर कति पर्ला भन्ने चासो हुनु स्वाभाविक हो ।यदि २७ लाख ९९ हजार मूल्यको टप भेरियन्ट तपाईले किन्न भ्याएको भए अहिलेको १० प्रतिशत ब्याजदरमा कर्जा लिएर किन्दा ५ लाख ५९ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट तिर्नु पर्ने हुन्छ । त्यस्तै कर्जा रकम २२ लाख ३९ हजार २०० हुन्थ्यो । अहिलेको औषत १० प्रतिशत व्याजदरको हिसावले ८४ मासिकसम्म मासिक ३७ हजार २०० किस्ता तिर्नु पथ्र्यो । तर बढेको मूल्य अनुसार ५ लाख ७९ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट र २३ लाख १९ हजार २०० कर्जा वापत तिर्नु पर्ने हुन्छ । बढेको मूल्यमा किन्दा मासिक किस्ता ३८ हजार ५०० रुपैयाँ पर्छ ।

नयाँ बढेको मूल्य अनुसार २० हजार रुपैयाँ डाउन पेमेन्ट र १ हजार ३०० मासिक किस्ता बढ्ने देखिन्छ ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्