बैशाख -४ पार्वती न्यौपाने ,तिलोत्तमा । श्री विष्णुपुर दुर्गा मन्दिर पुजा व्यबस्थापन समिति तिलोत्तमा ४ विष्णुपुर को आठौ साधारण सभा तथा चौथो अधिवेशन मंङगलबार सम्पन्न भएको छ । तिलोत्तमा वडा न ४ का वडा अध्यक्ष हरि बहादुर क्षेत्री ले प्रमुख अतिथि को रुपमा बोल्दै मन्दिर ले मानिस लाइ सस्कार मा केन्द्रीत गर्ने सस्कारले व्याक्तिलाइ स्व नियमन गर्ने भएको ले यस्ता सम्पदा हरु को संरक्षण र प्रवर्धन मा लाग्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रम मा सर्वोच्चो अदालत का पुर्व न्यायधिस तेज बहादुर केसि पुर्व वडा अध्यक्ष दिवाकर ढकाल , कमान सिङ खत्री ,शन्कर नगर खानेपानी उपभोत्ता समिति का अध्यक्ष किशोर खत्री वडा सदस्य मित्रलाल न्यौपाने ,कोष बहादुर बस्नेत, जनज्योति मावि का प्रचार्य बाबुराम आचार्य ,प्रध्यापक लक्ष्मण भन्डारि ,शन्कर कपुर जिसि ,शिव पाठक ,पार्वति न्यौपाने , लक्ष्मि कार्कि लगाएत ले बोल्नु भएको थियो । साधारण सभा मा अध्यक्ष पुर्ण बहादुर खनाल ले अध्यक्ष को वार्षिक प्रतिवेदन तथा विष्णु माया भन्डारि ले कोषाध्यक्ष को प्रतिवेदन प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । चौथो अधिवेशन ले पुन पुर्ण बहादुर खनालको नेतृत्व मा सदस्यिय १३ सदस्य नया समिति गठन गरेको छ । जस्को उपाध्यक्ष श्याम बहादुर थापा सचिव राम प्रसाद खनाल मा कोषाध्यक्ष मा गंगा क्षेत्री र सदस्य हरु मा फुलमति थापा , दिपा खनाल ,सिता बस्याल ,मिन बहादुर कार्कि मिना पौडेल , जित बहादुर खत्री , विन्त बहादुर कार्कि विष्णु रायमाझि ,शुशिला कार्कि रितु फुल्लेल चयन हुनु भएको छ । साथै लेखा सुपरिवेक्षक संयोजक मा भरत बहादुर थापा सदस्य हरु मा चुरामणि भन्डारि र लाल बहादुर बस्नेत निर्विरोध चयन हुनुभएको छ ।
बैसाख ४, २०८१ मंगलबार 73
प्रतिकृया दिनुहोस्