वैशाख -४ पार्वती न्यौपाने ,तिलोत्तमा ।तिलोत्तमा वडा न -४ ले महिला हरु का लागि चारपाग्रे हलुका गाडि तथा दलित महिला हरु का लागि इ रिक्सा तालिम सन्चालन शुभारम्भ कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । कार्यक्रम वडा अध्यक्ष हरि बहादुर क्षेत्री को अध्यक्षता तिलोत्तमा नगरपालिका का नगर प्रमुख रामकृष्ण खाण को प्रमुख अतिथ्यता उप प्रमुख जगेश्वरि देबि चौधरि को विशिष्ट अतिथ्यता भएको थियो । प्रमुख अतिथि रामकृष्ण खाणले महिला स्वावलम्बी हुन सके आर्थिक देखि पारिवारिक शु शासन समेत बढाउने उल्लेख गर्दै तालिम लिएर जिविकोपार्जन गर्ने गरि सहभागी हुन सहभागी लाइ आग्रह गर्नु भयो । उपप्रमुख जगेश्वर देबि चौधारि ले तालिम लाइ महत्व दिएर सिक्न र पुर्ण प्रशिक्षित भाइ स्वरोजगार बन्न महिला दिदि बहिनि हरु अनुरोध गर्नुभयो ।
कार्यक्रम मा वडा सदस्य रम्भादेवि घिमिरे को स्वागत तथा वडा कार्यलयका सचिव काशिराम ज्ञवालि को संचालन रहेको थियो । २५ दिन सम्म सन्चालन हुने तालिम मा वडा न ४ का ३४ जना महिला हरु को सहभागिता रहने छ । बेल्बास मा रहेको लोटस ड्राइभिङ सेन्टर ले सहजिकरण को जिम्मेवारि लिएको तालिम मा १५ जना इ रेक्सा तथा २२ जनाले चारपाङ्रे सवारि तालिम लिने बताइएको छ ।
बैसाख ४, २०८१ मंगलबार 70
प्रतिकृया दिनुहोस्