Web Design In Nepal

अक्सफोर्डमा फुटसलको रौनक

बैसाख ६, २०८१ बिहिबार 511

अक्सफोर्ड मा.वि मा फुटसल प्रारम्भ !
यस अक्सफोर्ड मा.विले एस.इ.इ दिएर बसेका विद्यार्थीहरुको प्रतिभालाई पहिचान गर्ने उद्देश्यले बुटवल क्षेत्रकै प्रथम फुटसल प्रतियोगिताको आयोजना गरेको छ । उक्त खेल २०८१ वैशाख ०६ गते बाट लुम्बिनी फुटसल एरीना योगिकुटीको खेल मैदानमा प्रारम्भ भएको हो । यस प्रतियोगितामा रुपन्देही जिल्लाका विद्यालय तथा विभिन्न क्लवका (Young Boys, Lafa Boys, JYC, Gurukul B, Siddhartha B, Manovav, Nawa Jeevan, Green Star. YC, Solti United B, Brother F.C, Ranibagiya, Siddhartha A, Solti United A, Sainamaina Boys, Gurukul A, Chidiya Boys, New Horizon, Sahashra Yc, Freestyle, Batauli FC र Lumbini FC Nawal parasi) गरी २१ समुहले भाग लिएका छन् भने खेलमा प्रथम हुने समूहले रु पन्ध्र हजार मेडल, प्रमाणपत्र र छात्रवृत्ति त्यसैगरि द्वितीय हुने समूहले रु आठ हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलका संयोजक राजकुमार पाण्डेले खेलको समापन ०८१ वैशाख ०७ गते हुने बताउदै राष्ट्रिय स्तरमा लोकप्रिय बन्दै गएको फुटसल युवा पुस्ताको शारीरिक र मानसिक विकासका लागि सहयोगी हुने बताउनुभयो ।
अक्सफोर्ड मा.वि. का प्राध्यापक सुमन भुसालले विद्यालयले विगतमा अन्य कार्यक्रमहरु गर्दै आएको भएपनि यस पटक रुपन्देही जिल्लाकै युवाहरुको लोकप्रिय खेललाई रोजेर पहिलो पटक विद्यालयले फुटसल आयोजना गरेको बताउनुभयो । यसले युवा पुस्तालाई खेलका माध्यमबाट जोड्न सक्नेपनि उहाँले बताउनुभयो । यस्तै विद्यालयका प्राचार्य दिनेश भुसालले खेल शारीरिक तन्दुरुस्ती र मानसिक चेतनाको दियो भएकोले आजको समाज र ईन्टरनेटमा भुलेको युवा पुस्तालाई खेल जगत तर्फ फर्काउने प्रयास भएको बताउँदै अक्सफोर्डको यस प्रयासले राष्ट्रिय खेल जगतलाई समेत योगदान पुग्न सक्ने प्रष्ट पार्नुभयो । खेलप्रेमी युवाहरुकालागि फुटसल एउटा अवसर बन्न सक्ने समेत उहाको धारणा छ ।
युवा खेल प्रेमीहरुलाई अक्सफोर्डले दिएको यो उन्प्रेरणाले पक्कै पनि रुपन्देहीमा युवाहरु लाभान्वित हुनेछन् ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्