
बुटवल,अक्सफोर्ड मा.वि बुटवलमा फस्ट खुल्ला SEE टेक इभेन्ट सुरू भएको छ। जसमध्ये पहिलो कार्यक्रमकाे रूपमा आज SEE दिएका विद्यार्थीहरूबीच इ स्पाेस्टाेर्स कम्पिटिसन सम्पन्न भएको छ। SEE दिएर खाली समयमा विद्यार्थीहरूले रचनात्मक कुराहरू सिकी समयको सदुपयाेग हाेस भन्ने उद्धेश्यले अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा हुने अनलाइन खेलकाे आयाेजना गरिएको थियोे ।खेलमा २२ समूहकाे सहभागीता रहेको थियोे । कार्यक्रम एक समारोहबीच प्राध्यापक सुमन भुसालले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गर्नुभएको थियोे । कार्यक्रममा विद्यालयका पुर्व प्राचार्य दिवाकर रेग्मी,सहायक प्रधानध्यापक महन श्रेत्री,म्यानेजमेन्ट इन्चार्ज बालकृष्ण प्राेखेल,विज्ञान संकाय प्रमुख भरत के.सी,रसायनशास्त्र विभाग प्रमुख महेस शर्मा ,सामान्य प्रशासक घन बहादुर थापा,राजन पाण्डे,गाेकर्ण खरेल,राजकुमार पाण्डे,गणेसराज खनाल,सुशील खनाल,विष्णु खनाल लगायतको आतिथ्यता रहेको थियोे ।
कार्यक्रममा विद्यार्थीहरू राेचक ढङ्गले अनलाइन खेल खेलेका थिए।पछिल्लो पुस्ताले अत्यन्तै मनपराएकाे खेल (पब्जी )अक्सफोर्डले आयोजना गरेकोमा खुसि ब्यक्त गर्दै सहभागी विद्यार्थीहरूले विद्यालयलाई यस्ता खेलहरूलाई प्राेत्साहन गर्न आग्रह गरेका थिए।कार्यक्रममा निर्णायककाे रूपमा सुदिप पन्थी,मनाेज कार्की र प्रमाेद ज्ञवाली रहनुभएकाे थियोे ।कार्यक्रममा बाेल्दै प्राध्यापक सुमन भुसालले अक्सफोर्डले विगतदेखि नै रचनात्मक तथा विद्यार्थी केन्द्रीत कार्यक्रम गर्दै आएको स्मरण गर्दै केही दिन अगाडि SEE दिएका विद्यार्थीहरूबीच फुटसल प्रतियाेगिता सम्पन्न भएको बताउँदै जेठ १२ गते MCQ प्रतिस्पर्धा हुने र उक्त कार्यक्रमकाे लागि १३५ विद्यार्थीहरूले नाम दर्ता गरेकाे जानकारी दिनुभयो ।
E sport प्रतियाेगिताले विद्यार्थीहरू अनलाइन खेलमा कत्तिको दक्ष छन् भन्ने जानकारी दिएको समेत जानकारी दिनुभयो ।कार्यक्रममा विद्यार्थीहरूलाई विभिन्न पाच चरणमा प्रतिस्पर्धा गराइएको थियोे । जसमा प्रथम आदित्य पाण्डेकाे समूह,द्वितीय विशु यादवकाे समूह र तृतीय आशिष श्रीकाे समूह भएका छन् ।प्रथम,द्वितीय र तृतीय हुनेले क्रमश दस हजार,सात हजार र पांच हजार मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। सहभागी खेलाडीहरूमध्ये उत्कृष्ट खेलाडी आदित्य पाण्डे भएका छन् ।उनले नगद तीन हजार प्राप्त गरेका छन् ।कार्यक्रमकाे अध्यक्षता कार्यक्रम संयाेजक कमल न्याैपानेले गर्नुभएको थियोे भने सञ्चालन It विभाग प्रमुख लक्ष्मण घिमिरेले गर्नुभएको थियोे ।
प्रतिकृया दिनुहोस्