जेठ ,१४- बुटवल लायन्स क्लब अफ बुटवल युथ ले सोमबार बुटवलमा दृष्टीविहिन सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । फरक क्षमता भएका व्यक्ति हरु को प्रतिभालाइ उजागर गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको क्लवका अध्यक्ष नेमत अलिले बताउनु भयो । डिष्ट्रीक गभर्नर लायन्स अर्जुन मान सैजु ले प्रमुख अथितिको रुपमा बोल्दै लायन्स क्लवले गरेको कार्य सर्हानिय भएकोले आगामि दिनमा पनि यस्ता प्रतिभा को पहिचान र अवसर मा सहयोगि बन्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रम मा बुटवल आसपास का बिभिन्न सस्थाका १२ जना दृष्टिविहिन हरुले गायन प्रस्तुति दिएका थिए । सन 2015 मा स्थापना भएको क्लवले बिभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ । फस्ट इलेक्ट भाइसडिष्ट्रीक गभर्नर लायन बालाराम भट्टराइ , एरिया चिफ लायन कल्पना सिवाकोटि ,क्लवका सस्थापक अध्यक्ष लायन जाकिर हुसेन लगाएतले बोल्नुभएको कार्यक्रमको सन्चालन पार्वती न्यौपानेले गर्नु भएको थियो ।
जेठ १४, २०८१ सोमबार 166
प्रतिकृया दिनुहोस्