Web Design In Nepal

तिलोत्तमा ६ शान्ती दुर्गा मन्दिरमा धार्मिक हाजिरिजवाफ प्रतियोगिता हुने

जेठ १६, २०८१ बुधबार 100


पार्वती न्यौपाने, जेठ १६, तिलोत्तमा । विद्यार्थीहरुमा मौलिक सनातन धर्म संस्कृतिप्रती चेतना जगाउने उद्देश्यले तिलोत्तमा–६ को व्यवस्थापन र शान्ती दुर्गा मन्दिरको आयोजनामा तिलोत्तमा नगरमा माध्यामिक विद्यालयस्तरीय धार्मिक हाजिरीजवाफ प्रतियोगिता हुने भएको छ । तिलोत्तमा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको सहजिकरण्माा जेठ १९ गते शनिवार नगरभित्रका सामुदायिक तथा सस्थागत विद्यालयबाट अनिवार्य तथा ऐच्छिक संस्कृत बिषय बाहेकका कम्तिमा एक छात्रा सहित ३ जनाको समुह सहभागी गराई प्रतियोगिता गरिने आयोजक संस्थाले जनाएको छ । दुर्गामन्दिरकै हलमा गरिने प्रतियोगितामा प्रथमलाई १२००० द्वितीयलाई ९००० तृतीय हुनेलाई ६००० र प्रोत्साह हुनेलाई ३००० नगद तथा प्रमाणपत्र प्रदान गरिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिव पाठकले जानकारी दिनुभयो ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्