
तिलोत्तमा, जेष्ठ १९ .रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाको सहजीकरणमा सामुदायिक तथा संस्थागत माध्यामिक विद्यालय स्तरिय धार्मिक हाजिरीजवाफ प्रतियोगिता– सम्पन्न भएको छ ।विद्यार्थीहरुमा धार्मिक जनजागरण र संस्कृति चेतना गराउने उदेश्यले तिलोत्तमा वडा नम्बर ६ को व्यवस्थापन तथा शान्ति दुर्गा मन्दिरको आयोजनामा भएको धार्मिक हाजिरीजवाफ प्रतियोगिताको उपाधि गृवाण माविले हात पारेको छ। तेस्तै दोस्रो स्थान स्मृति बोर्डिङ स्कुल तेस्रो जनज्योती मा बि र प्यारामाउन्ट मा बि प्रोत्साहन हुन सफल भएका हुन । संस्कृत पढाई हुने बिद्यालय बाहेकका माध्यामिक स्तरका विद्यालयको सहभागिता रहेको सो प्रतियोगितामा प्रथम हुनेले नगद रु १२ हजार दोस्रोले रु ९ हजार, तेस्रो हुनेले ६ हजार र प्रोत्साहन हुनेले नगद रु ३ हजार सहित प्रमाणपत्र प्राप्त गरेको शान्ति दुर्गा मन्दिरका अध्यक्ष शिव पाठकले बताए। तिनपा -६ का अध्यक्ष गणेश पाठक को प्रमुख आतिथ्य मा भएको कार्यक्रम को सन्चालन सागर पाठक ले गर्नु भएको थियो । भने कार्यक्रममा तिलोत्तमा का १६ विद्यालयहरुको सहभागिता रहेको थियो । हाजिरिजवाफको निर्णयकमा छत्रराज गौतम ,बुद्दिसागर भट्टराइ ,केशब राज भन्डारिले तथा शोभकर भन्डारिले गर्नु भएको थियो
प्रतिकृया दिनुहोस्