
नेकपा एमाले अर्घाखाँचीको नंवौ जिल्ला अधिवेशनको लागि जिल्लाका ६१ ओटै वडामा प्रतिनिधि छनौट सम्पन्न भएको नेकपा एमाले अर्घाखाँचीले जनाएको छ ।यसपालि छनौट भएका प्रतिनिधिहरुको आर्कषण नेकपा एमालेका युवा नेता प्रेमनारायण गैरेमा देखिएको छ । युवाहरुकामाझ निकै चर्चित रहेका गैरे अर्घाखाँचीका लोकप्रिय युवा नेता हुन गैरेलाई आगामी नंवौ जिल्ला अधिवेशनमा नेतृत्वमा स्थापित गर्नको लागि युवाहरु सँगसँगै पुराना र अग्रज नेताहरुको पनि साथ र समर्थन रहेको छ ।
बिद्यार्थी राजनीतिबाट राजनीतिक जीवन प्रारम्भ गरेका गैरे अनेरास्ववियुको जिल्ला अध्यक्ष हुदै केन्द्रिय सदस्य पाणिनी वहुमुखी क्याम्पसको स्ववियु सभापित समेत भएका थिए । २०६२/२०६३ सालको जनआन्दोलनमा युवा र विद्यार्थीको नेतृत्व गैरेले नै गरेका थिए ।
नेकपा एमाले अर्घाखाँचीको सातौ अधिवेशनमा चेतनारायण आचार्य अध्यक्ष निर्वाचित हुदा पदाधिकारीमा सवैभन्दा धेरै मतका साथ उप–सचिव पदमा चुनाव जितेका थिए । गैरेले नेकपा (एमाले)को लुम्विनी प्रदेश अधिवेशनमा पुराना र अग्रज नेतालाई जिम्मेवारी दिनुपर्छ भनि प्रदेश कमिटीमा दोहोरीएका थिएनन् । प्रदेश अधिवेशन पश्चात गैरे पार्टीको कुनै जिम्मेवारीमा छैनन् । पार्टीको कुनै जिम्मेवारीमा नभएपनि उनी पार्टी काममा भने निरन्तर लागि रहेका छन् ।नेतृत्व पङ्तिकाे गुटगत मानसिकताकाे सिकार बनेका गैरेलाई यसपालि कुनै पनि हालतमा नेतृत्वमा ल्याउन आफूहरू लागेको एक प्रतिनिधिले बताए ।नेतृत्व पङ्क्तिकाे अदुरदृष्टि र मिचाहा प्रवृतिकाे सिकार अर्घाखाँचीका इमानदार कार्यकर्ता परेको बताउँदै अहिलेकाे अधिवेशनले हाम्रो भन्दा राम्रो नेतृत्व छान्नेमा प्रतिनिधिहरू सचेत रहेको उल्लेख गरे।
नेकपा एमाले अर्घाखाँची नंवौ जिल्ला अधिवेशन यही जेष्ठ २६ र २७ गते सदरमुकाम सन्धिखर्कमा हुदै छ ।
प्रतिकृया दिनुहोस्