
जेष्ठ २१
नेकपा एमाले अर्घाखाँचीको दशौं जिल्ला अधिवेशन यही जेष्ठ २६ र २७ मा सन्धिखर्कमा आयोजना गरिएको छ। सो सन्धर्वमा आज पार्टीले जिल्लाका विभिन्न मीडिया आवद्ध पत्रकारहरुको बीचमा अधिवेशनको लोगों सार्वजनिक गरेको छ। लोगों सार्वजनिक भए लगत्तै एमाले नेताहरुले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन् ।
यसै बिचमा सचिव पदमा श्रीकृष्ण भुसालले आफूलाई प्रस्तुत गरेको बुझिएको छ। उनी एमाले सन्धिखर्क नगर कमिटीका अध्यक्ष, जिल्ला निर्वाचन विभाग प्रमुख र बुद्धिजीवी परिषदका इन्चार्ज समेत हुन्। भौतिक विज्ञानमा स्नातकोत्तर र शिक्षा शास्त्रमा स्नातक उनी जिल्लाका प्रबुद्ध शैक्षिक व्यक्तित्व समेत हुन्। सन्धिखर्कको पार्टीलाई सुव्यवस्थित रुपमा प्रभावकारी रुपमा संचालन गर्दै उनले आफ्नै नेतृत्वमा नगरमा प्रमुख र उपप्रमुख लगायतको एमाले सेटलाई विजयी गराएका थिए भने संघ र प्रदेशको निर्वाचनमा समेत जिल्ला निर्वाचन विभागको नेतृत्व गर्दै तीनवटै सिटमा क्लिन स्विफ्ट गर्न प्रभावकारी भूमिका निभाएका थिए। उनी विगत ४ वर्ष देखि पेशा व्यवसाय त्यागेर पार्टीमा पूर्णकालीन रुपमा सक्रिय छन्। अत्यन्तै सक्रिय, इमान्दार र बौद्धिक तथा प्राज्ञिक व्यक्तित्व भएकोले उनी सचिव पदका बलिया दावेदार हुन्। पार्टी संगठनलाई विधि सम्मत, व्यवस्थित गुटबन्दी रहित तवरले सञ्चालन गरी हाल देखिएको दक्षिण पन्थी अवसरवादी संगठनात्मक अराजकतालाई अन्त्य गर्न उनी सवल र सक्षम पार्टी सचिवको उम्मेदवार हुन। कम्युनिष्ट नैतिकता, आदर्श र आचरणको हिमायती उनी एमाले अर्घाखाँचीका दार्शनिक तथा सैद्धान्तिक नेता समेत हुन्।
प्रतिकृया दिनुहोस्