Web Design In Nepal

हाम्रो छत्रकाेट पाठ्यक्रम सार्वजनिकीकरण तथा सम्मान कार्यक्रम सम्पन्न

जेठ २२, २०८१ मंगलबार 66

२१ जेठ २०८०
स्थानीय पाठ्यक्रम ”हाम्रो छत्रकाेट” सार्वजनिकीकरण एवम् विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको छ । स्थानीय पाठ्यक्रम ”हाम्रो छत्रकाेट” (कक्षा १- ८) काे छत्रकाेट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले सार्वजनिकीकरण गर्नुभयो । उक्त अवसरमा आधारभूत तह तथा मावि तहमा उत्कृष्ट जिपिए प्राप्त गरेका सयभन्दा बढी विद्यार्थीहरूलाई सम्मान गरिएकाे छ । पाठ्यक्रम निर्माणमा सहयोग गर्ने व्यक्तित्वहरू उत्तरकुमार पराजुली, डा. टङ्क पन्थ, डा.नारायणप्रसाद पन्थ समेतलाई सम्मान गरिएकाे छ।
कार्यक्रममा पालिका अध्यक्ष रामप्रसाद पाण्डेले सम्पूर्ण व्यक्तिहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । नेपालकाे संविधानले व्यवस्था गरेको जिम्मेवारी अनुसार पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा लैजान सफल भएकोले यो ऐतिहासिक दिन रहेको विचार व्यक्त गर्नुभयो । ३.२ जिपिएभन्दा माथि नतिजा ल्याउने विद्यार्थी तथा पाठ्यक्रम निर्माण गर्ने सम्मान, बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । पाठ्यक्रम निर्माणसँगै कार्यान्वयनमा केही चुनाैती र जिम्मेवारी थपिएको कुरा उल्लेख गर्दै उहाँले गुरुहरू दक्ष, लगनशील र जिम्मेवार भएकाले लक्ष्य सजिलै प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
निवर्तमान अध्यक्ष मधुकृष्ण पन्तले आफूले २०७८ मा थालेको अभियानले पूर्णता प्राप्त गरेको विचार व्यक्त गर्नुभयो । विद्यार्थीलाई उत्कृष्ट बन्न शुभकामना दिदै शिक्षकलाई पनि जिम्मेवारी र कर्तव्यबोध गर्नसमेत सुझाव दिनुभयो ।अहिलेकाे पुस्ताले भाेलिकाे पुस्तालाई समृद्ध छत्रकाेटकाे जिम्मेवारी सुम्पन पाइयोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
उपाध्यक्ष सावित्रा ज्ञवालीले पाठ्यक्रम निर्माणमा लाग्नुहुने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभयो । पूर्व उपाध्यक्ष नर्मदा भण्डारीले आफ्नो पहिचान पाठ्यक्रममा समेटिएकोले खुसी लागेको विचार व्यक्त गर्नुभयो ।
सामाजिक विकास संयाेजक गुणाकर ज्ञवालीले स्थानीय विषय र पहिचानकाे ज्ञान हुने कुरामा पाठ्यक्रम साधक बन्नेमा विश्वास व्यक्त गर्नुभयो ।
पाठ्यक्रम निर्माण समितिका तर्फबाट उत्तरकुमार पराजुली, डा. टंकप्रसाद पन्थ र डा.नारायणप्रसाद पन्थले पाठ्यक्रमका विषय क्षेत्र, सान्दर्भिकता, शिक्षण विधि मूल्याङ्कनकाे सन्दर्भलाई जाेड दिई कार्यान्वयन पक्षमा सक्रिय सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा अध्यक्षता रामप्रसाद पाण्डेले गर्नुभएको थियोे । उपस्थित अतिथि र सहभागीहरूलाई प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले स्वागत गर्नुभएको थियोे भने सञ्चालन शिक्षाशाखा प्रमुख टीकाराम आचार्यले गर्नुभएको थियो ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्