Web Design In Nepal

विश्व वातावरण दिवसको अवसर मा तिलोत्तमा पार्कमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

जेठ २३, २०८१ बुधबार 88


पार्वती न्यौपाने । जेठ २३ ,
तिलोत्तमा । विश्व वातावरण दिवस को अवसर मा बुधवार तिलोत्तमा नगरपालिकाको सहकार्यमा तिलोत्तमा पार्क तथा नव जिवन क्लव तिलोत्तमा ६ को सयुक्त्त आयोजना मा वृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न भएकोछ । हाम्रो भुमि हाम्रो जिवन नारा रहेको विश्व वातावरण दिवसका अवसरमा आयोजित वृक्षरोपण कार्यक्रमको उदघाटन गर्दै नगरप्रमुख रामकृष्ण खाडले वातावरण को संरक्षणले मानविय जिवनमा प्रत्यक्ष प्रभाव पार्ने र सरदर आयु समेत बढ्न सक्ने भन्दै सवैलाइ एकजुट प्रकृति को उचित प्रयोग मा लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा नगर उपप्रमुख जगेश्वर देवि चौधरिले तिलोत्तमा नगरपालिका हरित नगरपालिका को योजनामा अगाडि बढेको र यस योजनामा तिलोत्तमा पार्क र नवजिवन क्लव जस्तै सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो ।
वृहत् वृक्षरोपण कर्यक्रममा १२५ वटा फलफुल तथा ५७५ वटा फुलका विरुवा रोपिएको पार्कका अध्यक्ष दिपक पाठक ले जानकारी दिनुभयो । पार्कका सचिव कृष्ण केसिको सन्चालन मा भएको कार्यक्रममा वडा ६ र ४ का अध्यक्ष गणेश पाठक , हरि बहादुर क्षेत्री , तथा वडा सदस्यहरु , शन्करनगर सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष कमला ज्ञवालि बिभिन्न टोल विकास सस्थाका अध्यक्ष महिला समुह लगायत स्थानियको उल्लेख सहभागिता रहेको थियो । भने कार्यक्रम को स्वागत अध्यक्ष दिपक पाठक तथा विसर्जन पार्कका उपाध्यक्ष श्याम न्यौपानेले गर्नुभएको थियो ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्