
पार्वती न्यौपाने
जेष्ठ २८, बुटवल
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशद्वारा आयोजित नगरस्तरीय अन्तर वडा प्रथम लोक भजन प्रतियोगिता २०८१ बुटवल उपमहानगरपालिका वडा नम्बर ५ ले जितेको छ । बुटवल उपमहानगरपालिकाको मुख्य प्रवर्धनमा प्रतिष्ठान रूपन्देहीको सहयोजना सम्पन्न अन्तरवडा प्रतियोगितामा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले लोक संस्कृतिको जगेर्ना हेतु यस्ता कार्यक्रम गरिरहनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष दीपु मगरको अध्यक्षता तथा सचिव योगराज पोखरेलको सञ्चालनमा भएको प्रतियोगितामा वडा नम्बर १२ द्वितीय , वडा नम्बर ७ तृतीय र वडा नम्बर २ ले प्रोत्साहन भएका छन । विजेताहरुले क्रमश ४०००० , २५०००.,२१०००,१५००० नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । उपमहानगरका १४ वडाहरूको सहभागिता रहेको प्रतियोगिताको निर्णयकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष दुर्गा रायमाझी , नारायण लेकालि, डिल्लि नारायण पाण्डे , राधेश्यम राज भन्डारि रहनु भएको थियो । राष्ट्रीय लोक तथा दोहोरि गित प्रतिष्ठान का केन्द्रीय सल्लाहकार खेमबहादुर हमाल बुटवल उपमहानगरपालिकाका उपमेयर सावित्रादेवी अर्यालको विशिष्ट अतिथ्यता रहेको कार्यक्रममा केन्द्रीय सचिव दीपक गरौजा सहसचिव सीता राणा केन्द्रीय प्रदेश र जिल्लाका पूर्व तथा वर्तमान कार्यसमिति पदाधिकारीहरूको समेत उपस्थिति रहेको कार्यक्रम संयोजक दिपक कार्किले जानकारि दिनुभयो ।
प्रतिकृया दिनुहोस्