Web Design In Nepal

तिलोत्तमा वडा -४ मा ७ दिने ब्यायम कार्यक्रम सम्पन्न ।

असार ९, २०८१ शनिबार 58


पार्वती न्यौपाने ।असार , ८ तिलोत्तमा ।तिलोत्तमा वडा नम्बर ४ ले जनप्रतिनिधि कर्मचारि ,टोल विकास का प्रतिनिधि लगायत स्थानिय लाइ लक्षित गरि सुरु गरेको ७ दिने ब्यायम कार्यक्रमको शनिवार समापन गरेको छ ।समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष हरि बहादुर क्षेत्री ले ब्यायम ले शारिरिक सङै मानसिक स्फुर्ति बढाउने भएकोले निरन्तरता दिनुपर्ने मा जोड दिनुभयो । जनज्योति क्लबको खेल मैदानमा भएको ब्यायम मा तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाण सहित एक हप्ता सम्मै स्थानियको उल्लासमय सहभागिता रहेको र यसले सामाजिक सदभावना समेत बढाएको अनुभुति गरेको वडा कार्यलयका सचिव काशिराम ज्ञवाली ले बताउनु भयो । वडा सदस्य मित्रलाल न्यौपाने , रम्भा घिमिरे लगायतले बोल्नु भएको कार्यक्रममा वडा सदस्य गोविन्द श्रेष्ठ ,हरिमाया नेपालि विभिन्न टोल विकासका अध्यक्ष लगायत को उपस्थिति रहेको थियो । मुकेश गुरुङले दिनुभएको प्रशिक्षण प्रभावकारि देखिएकोले आगामि दिनमा यस्ता कार्यक्रम गर्ने हौसला बढेको र कार्यक्रम हरु गरिरहने वडा सदस्य रम्भा घिमिरेले जानकारि दिनुभयो ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्