
असार १२,
प्रदेशमै उत्कृष्ट पहिचान बनाउन सफल भएको ब्राइट लुम्बिनी इन्टरनेसनल एजुकेसनले कपिलवस्तु बाल गृहका बालबालिका सङ्ग आफ्नो ११ औँ वार्षिक उत्सव मनाएको छ । सेन्टरका प्रमुख अशिम कडेल क्षेत्री सङ्गै कर्मचारी र विद्यार्थीहरुले बाल गृहमा खाद्य सामाग्री, फलफुल वितरण गरेर वार्षिक उत्सव मनाएको हो ।
कार्यक्रममा बोल्दै सेन्टरका प्रमुख क्षेत्रीले आफुहरु उच्च शिक्षाको लागि विदेशमा जाने विद्यार्थीको सहयात्री मात्र नभएर अनाथ बालबालिकाको पनि सहयोगी बन्न खोजेको बताउनुभयो । विगतमा पनि यस्ता सामाजिक कार्यमा सक्रिय रहेको भन्दै आगमी दिनमा पनि यस्ता कार्यलाई सेन्टरले प्राथमिकतामा राख्ने बताउनुभयो ।
खाद्यन्न तथा फलफुल ग्रहण पछि बालबालिका तथा बाल गृह प्रशासनले सेन्टरलाई धन्यवाद दिदै यस्ता उत्सवका कार्यमा सबैले यसरी सहयोग गरे अनाथ बालबालिकाको लागि धेरै ठुलो सहयोग हुने बताएका थिए ।
लुम्बिनी लर्नीङ्ग को नाम बाट समेत परिचित सेन्टरमा विशेष गरि कोरियन तथा जापानी भाषाका पढाइ हुने गरेका छन । विद्यार्थीहरुको समस्यालाई मध्यनजर गर्दै केहि समयपछि होस्टेलको समेत व्यवस्थापन गर्ने प्रमुख क्षेत्रीले जनहित अनलाइन सङ्ग बताउनुभयो ।
प्रतिकृया दिनुहोस्