Web Design In Nepal

तिलोत्तमा वडा ४ वडा सन्जालको साधारण सभा तथा अधिवेशन सम्पन्न ।

असार ३०, २०८१ शनिबार 327


असार , २९ । तिलोत्तमा नगरपालिका वडा नम्बर ४ वडास्तरीय टोल विकास संस्था सञ्जालको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनले बसन्त गोदारको संयोजकत्वमा सात सदस्य समिति गठन गरेको छ। जसको उपसंयोजकमा विष्णुमाया भण्डारी सचिवमा पार्वती न्यौपाने कोषाध्यक्षमा कमला धमला सदस्यहरुमा मिना क्षेत्री ,माया बिक लक्ष्मी कार्की र पूर्णप्रसाद पौड्याललाई चयन गरेको छ। साधारण सभामा संजालका अध्यक्ष कोष बहादुर बस्नेतले वार्षिक प्रतिवेदनसमेत प्रस्तुत गर्नुभएको थियो। वडा नम्बर ४ का कार्यवाहक अध्यक्ष रम्भादेवी घिमिरेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा निवर्तमान अध्यक्ष दिवाकर ढकाल जनप्रतिनिधिहरू हरिमाया नेपाली गोविन्द श्रेष्ठ मित्रलाल न्यौपाने समाजसेवी श्याम केसी लगायत वडा नम्बर ४ अन्तर्गत रहेका ११ वटा टोल विकासका अध्यक्ष तथा प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो। विशिष्ट अतिथि दिवाकर ढकालको संयोजकत्वमा श्यामबहादुर केसी ओम बहादुर गुरुङ उमकला पाण्डे मायादेवी भट्टराई सहितको निर्वाचन कमिटीले नयाँ कार्यसमितिको निर्विरोध टुङ्गो लगाएको हो।होम प्रसाद खनालको स्वागत र जनक लाल पाण्डेको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा बोल्ने वक्ताहरुले नयाँ निर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभएको थियो। साथै अधिवेशनले पाँच सदस्य सल्लाहकार समिति समेत चयन गरेको छ। सल्लाहकारहरूमा नी वर्तमान अध्यक्ष कोषबहादुर बस्नेत जनक लाल पाण्डे तुलसी ढकाल पौडेल लक्ष्मण मल्ल र रामबहादुर अर्याल रहेको आयोजकले जनाएको छ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्