
श्रावण ,५ , तिलोत्तमा । नवजिवन क्लब तिलोत्तमा ६ द्वारा आयोजित बृहत रक्तदान कार्यक्रम मा ६० पोइन्ट रगत संकलन भएको छ । शनिवार क्लबकै सचिवालय मा भएको कार्यक्रमको क्लब का अध्यक्ष केशव भुसाल एवम प्रमुख अतिथि तिलोत्तमा नगर पालिका कार्यपालिका सदस्य नर बहादुर छन्तेल ले रक्तदान गरि उदघाटन गर्नु भएको थियो । उदघाटन पश्चात प्रमुख अतिथि छन्त्याल ले क्लबले सामाजिक क्षेत्र मा योगदान पुर्याउदै आएको मा प्रशम्शा गर्नु भयो । अध्यक्ष भुषालले रक्तदान जिवन दान भएको ले यस्तो पुण्य कार्यमा सरिक हुने सबैलाइ धन्यवाद ज्ञापन गर्नु भयो । कार्यक्रममा गोबिन्द प्रसाद रिजाल ,सल्लाहकार दिपक पाठक शयाम नेउपाने ,बरिस्ठ उपाध्यक्ष एवम् कार्यक्रम संयोजक प्रकाश नेउपाने उपाध्यक्ष सागर पाठक ज्काेषाधयक्ष बाबुराम बेलबासे सचिब गोविन्द पान्डे लेखा संयोजक कुस्माखर रिजाल सदस्य बिनोद बश्याल ज्काशिराम बेल्बासे समीर रिजाल प्रदिप ढकाल लगायत को उपस्थित रहेको थियो । बुटवल रक्तसन्चार केन्द्रको प्राविधिक सहयोग रहेको रक्तदान मा १०० बढिको उपस्थिति रहेको थियो । क्लबले वार्षिक रुपमा गर्दै आएका कार्यक्रम अनुरुप रक्तदान आयोजना गरिएको र यस्तै कार्यक्रम आगमि दिन मा समेत गर्दै जाने संयोजक प्रकाश न्यौपानेले जानकारी दिनु भयो ।
प्रतिकृया दिनुहोस्