Web Design In Nepal

इडेन स्कुल बुटवलमा फ्री ट्यालेन्ट शो तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न ।

साउन १८, २०८१ शुक्रबार 485

श्रावण ,१८ बुटवल । इडेन स्कुल बुटवलमा शुक्रवार फ्री ट्यालेन्ट सो एवम प्रथम त्राइमासिक परिक्षाको नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ । कक्षा ११ र १२ मा अध्ययन गर्ने विधार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उदेश्यले आयोजना गरिएको कार्यक्रम उप प्राचार्य तथा +2 संयाेजक जगत पौडेलको अध्यक्षता एवम् विधालय का प्राचार्य शिवहरि भट्टराइको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि भट्टराइले विधार्थिको शैक्षिक सङै सर्वाङ्गीण विकासका निमित्त यस किसिमका कार्यक्रमलाइ जोड दिदै आएको बताउनु भयो । कार्यक्रममा विधार्थिले कथा कविता गित गजल लगाएत का प्रतिभा प्रस्तुत गरेका थिए । यसै बिच १००० अभिवाबक को सहभागिता मा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको उप प्राचार्य कुशल बस्याल ले जानकारी दिनुभयो ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्