
श्रावण ,१८ बुटवल । शुक्रवार सार्वजनिक कक्षा १२ को नतिजामा इडन स्कुल बुटवलले उत्कृष्ट नतिजा हासिल गरेको छ । विधालयबाट परिक्षामा सम्मिलित विधार्थिहरु मध्य एक जना बाहेक सबै राम्रो जिपिए सहित उत्रीण भएको +२ इन्चार्ज जगत पौडेलले बताउनु भयो । + २ तर्फ होटल म्यानेजमेन्ट तथा व्यवस्थापन विषयमा अध्यापन गराइदै आएको र स्कुल ले आफ्नै होटल शाहिल्यान्ड होटल मा अन्तराष्ट्रीय स्तरको प्रयोगात्मक काक्षा समेत दिने गरेको प्राचार्य शिवहरि भट्टराइले बताउनु भयो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत वैशाख १४ गतेबाट सञ्चालित २०८० सालकाे कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए।नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ छात्र गरी तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन्। त्यसैगरी ग्रेडवृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी भएका थिए। एसईईको जस्तै कक्षा १२ को नतिजा पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार प्रकाशित हुने बोर्डले जनाएको छ। जसअनुसार प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थीलाई अनुत्तीर्ण मानिने छ।
प्रतिकृया दिनुहोस्