Web Design In Nepal

कक्षा १२ मा अक्सफोर्ड ले प्राप्त गरेयो उत्कृष्ट नतिजा ।। रक्षा घर्ति बनिन नेपाल प्रथम ।

साउन १८, २०८१ शुक्रबार 1087

बुटवल ,१८ राष्ट्रिय परीक्षा बाेर्डले आज प्रकाशित गरेको कक्षा १२ काे परीक्षाफलमा अक्सफोर्ड मा.वि बुटवलले नेपालमै उत्कृष्ट नतिजा ल्याएको छ।अक्सफोर्ड मा.वि बुटवल व्यवस्थापन संकायबाट परीक्षा दिएकी रक्षा घर्तीले GPA ३.९५ ल्याएर उत्कृष्ट बनेकी छिन। रक्षा नर्सरीदेखि नै अक्सफोर्ड मा.वि मा अध्ययन गरेकी छात्रा हुन।त्यस्तै अक्सफोर्ड मा.वि बाट सागर पाेखरेलकाे ३.९१GPA ल्याएका छन्।

जम्मा ८३३ विद्यार्थीहरूले परीक्षा दिएकोमा ९९% प्रतिशत विद्यार्थीहरू उत्कृष्ट नतिजा सहित सफल भएका छन् ।विगतदेखि नै उत्कृष्ट नतिजा ल्याई देशमै उत्कृष्ट हुने अक्सफोर्डले अहिले पनि उत्कृष्टतालाई निरन्तरता दिएको छ।
अक्सफोर्ड मा.वि बुटवलले केही बर्षदेखि नेपालमै उत्कृष्ट नतिजा ल्याउदै आएकोमा यसपालि पनि नेपाल प्रथम हुन सफल भएकोमा विद्यार्थी,अभिभावक तथा प्राध्यापक सम्पूर्णलाई प्रिन्सिपल दिनेश भुसाल र प्राध्यापक सुमन भुसालले बधाई ब्यक्त गर्नुभयो ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्