Web Design In Nepal

गुल्मि जुनिया चिदिपानी तराइ सम्पर्क समाज रुपन्देहिको घुम्ति शिविर तिलोत्तमामा ।

साउन ३०, २०८१ बुधबार 219

श्रावण ३०, तिलोत्तमा । गुल्मि जुनिया चिदिपानी तराइ सम्पर्क समाज रुपन्देहिले बुधवार घुम्ति शिविर सम्पन्न गरेको छ । गुल्मि सत्यवति ७ वडा कार्यलयको समन्वय मा शन्करनगर ३ मा घुम्ति शिविर सन्चालन गरेको हो । वर्षा को समयमा जेष्ठ नागरिक लाइ जेष्ठ नागरिक को कार्ड नविकरण गर्न गाउ मा पुग्न असहज नहोस भन्ने उद्देश्य ले घुम्ति शिविर को सन्चालन गरिएको सस्थाका अध्यक्ष कृष्ण बहादुर थापा ले बताउनु भयो । सत्यवति -७ वडा कार्यलयका वडा अध्यक्ष लोक बहादुर बुढाथोकिको प्रमुख आथित्यतामा भएको कार्यक्रम मा रुपन्देहि क्षेत्र भित्र बसोबास गर्ने गुल्मि जुनिया चिदिपानी का बासिन्दा हरु को उल्यखे उपस्थिति रहेको थियो । लामो बाटो वर्षाको समय यात्रा गर्न असजिलो हुने हुदा आफै बसिरहेको ठाउमा वडा कार्यलयको उपस्थित गराइ सेवा प्रवाहा गरेको मा जेष्ठ नागरिक लगाएत वक्ता हरुले आयोजक एवम वडा कार्यलय लाइ धन्यवाद ज्ञापन गर्नुभयो । आगामि दिन मा समेत यस प्रकारका कार्यक्रम गरिरहने आयोजकले जनाएको छ ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्