Web Design In Nepal

सिडिएम नेपाल , युएनडिपि , लुम्बिनि बौद्द विश्वविद्यालय द्वारा कृषि सामाग्री हस्तान्तरण ।।

साउन ३०, २०८१ बुधबार 188

Screenshot

श्रावण ३० । सिडिएम नेपाल र, युएनडिपि नेपाल को आयोजना तथा देबदह नगरपालिका एवम लुम्बिनि बौद्द विश्व विश्वविद्यालय को सहकार्य मा कृषि औजार बिउ तथा बिरुवा बितरण कार्यक्रम बुधवार देवदहमा सम्पन्न भएको छ । बहुतल्ले कृषि वन परियोजना मार्फत दिगो जिविकोपार्जन का लागि हरित उधमशिलता पवर्द्दन परियोजना अन्तर्गत रहेर लुम्बिनि बौद्द विश्वविद्यालय को जग्गामा फलफुल लगाएत बहुउपयोगि विरुवा रोप्ने तथा तेस्को लागि आवश्यक कृषि सामाग्री समेत विभिन्न समुह बनाइ बिउ बिरुवा तथा सामाग्री प्रदान गरिएको युएनडिपि नेपाल लुम्बिनि प्रदेश प्रमुक सुदिप अर्यालले बताउनु भयो । देवदह नगरपालिका का प्रमुख धुर्व खरेल ले बड्दो शहरिकरण ले वतावरणमा नकरत्मक असर गरिरहेको बेला वातावरण सङै उधमशिलता बढाइ जिविकोपार्जन सङ जोडन यो कार्यक्रम गरिएको र यसलाइ सबैको सहकार्यमा सफल बनाउन आवश्यक रहेको समेत बताउनु भयो । बाढि प्रभावित तथा नदि कटान क्षेत्र देवदह ८ का स्थानिय बासिन्दा हरुबाट तिन वटा समुह बनाइ खालि जग्गामा फलफुलका विरुवा रोपन तथा व्यबस्थापन गरि जिविकोपार्जन गर्न सकुन भन्ने उदेश्यले सामग्री हस्तानतरण गरिएको र देवदह क्षेत्र र यस बन लाइ पर्यटकिए गन्तव्य को रुपमा विकास गर्दै लैजाने कार्यक्रमका प्रमुख अतिथि बौद्द विश्वविद्यालय का रजिस्ट्रार डा तिलकराम अर्यालले उल्लेख गर्नु भयो । कार्यक्रममा देवदह नगरपालिका वडा न ८ का अध्यक्ष हरि प्रसाद पाण्डे, सिडिएम नेपालका कार्यकारी निर्देशक धर्म राज घिमिरे, सिडियम कै प्रशाशन प्रमुख लेखा भटटराई, परियोजना संयोजक दिनेश क्षेत्री, बर्षा लम्साल, कृषि संयोजक खिमा थापा लगायतको सहभागिता रहेको कार्यक्रममा पृथ्वी ज्ञान केन्द्र नेपाल, बौद्ध मावली बहुउद्धेश्शीय सहकारी संस्था र बुद्ध दीप क्लवलाई कृषि सामाग्री हस्तान्तरण गरिएको थियो । लुम्बिनि बौद्ध विश्व विश्वविद्यालयका कार्यकारी निर्देशक उकेशराज भुजुको स्वागत रहेको कार्यक्रमको सन्चालन पत्रकार पारु न्यौपानेले गर्नुभएको थियो ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्