
भुवन रायमाझी
पाल्पाको रैनादेवी छहरा ४ मेहलढाप बाट दैनिक बुटवल सम्मका लागि विद्युतीय गाडी सञ्चालन हुने भएका छन् ।श्रीनगर यातायात सेवा कम्पनी प्रा लि भदौ १ बाट उक्त रुटमा विद्युतीय गाडी सञ्चालन हुन लागेको यातायात ब्यावसायी रमेश रायमाझीले जानकारी दिनुभयो ।
विद्युतीय गाडी चलाउन सजिलो, खर्च पनि निकै कम हुने भएको भन्दैे हरेक दिन बिहान ६ः३० बजे मेहलढाप बाट छहरा अमलाबास बतासे हुदै बुटवल र सोही रुटमा बुटवल ट्राफिकचोक बाट बिहान ७ः३० बजे छुट्ने छन । गाडीहरु दिउसोको समयमा ३ बजे बुटवल बाट म्यालढाप बास हुने छ भने सोही समयमा म्याहलढाप बाट छुटेर बुटवल बास हुने श्रीनगर यातायात सेवा कम्पनीले जनाएको छ ।
विद्युतीय गाडी पेट्रोलियमको तुलनामा निकै कम खर्चिलो छ । पेट्रोल–डिजेलको पैसा बच्ने, इन्धनको दाँजोमा बिजुलीको बिल नगण्य उठ्ने, वातावरणमैत्री हुने, मर्मतसम्भार पनि खासै गर्नु नपर्ने, कर छुटलगायत थुप्रै फाइदा विद्युतीय सवारीसाधनको हुने ब्यावसायीहरु बताउने गरेका छन ।
एसि र वाईफाई सुबिधायुक्त गाडीमा भाडादर पनि ४ सय रुपैया कायम गरिएको छ ।यात्रुहरुको मागलाई मध्यनजर राखेर हाललाई दैनिक दुईवटा विद्युतीय गाडी सन्चालनमा आउका छन । पाल्पाको पश्चिम क्षेत्रमा पहिलो पटक विद्युतीय गाडी सञ्चालन आएका हुन । विद्युतीय गाडीमा यात्रा गर्न यात्रूहरु पनि आकर्षण हुने देखिन्छ ।
प्रतिकृया दिनुहोस्