
भाद्र ,१ तिलोत्तमा । ब्राह्यमण समाज नेपाल तिलोत्तमा -४ रुपन्देहिको प्रथम साधारण सभा शनिवार समपन्न भएको छ । सामुदायिक भवनमा भएको कार्यक्रममा प्रमुख अतिथि बैधिक धर्म परिषद का महासचिब पार्वती भन्डारि ले भाइचारा बन्धुत्व विकास सङै धर्म सस्कार सस्कृतीको संरक्षण र पहिचान का लागि संगठित भएको समाज ले आगामि दिनहरुमा पनि आफ्ना हकहितको लागि एकबद्द हुनुपर्नेमा जोड दिनुभयो । आफ्ना हक माग्दै गर्दा अरुलाइ असर पार्न नहुने तर सरकारले छुट्टाएका कोटा प्रणाली मा ब्राह्ममण वर्गलाइ उपेक्षित गरिएको विषयमा भने सबैले आवाज उठाउन जरुरि रहेको धारणा राख्नुभयो । समाजका अध्यक्ष जनकलाल पाण्डेको अध्यक्षता ब्राह्यामण समाजका केन्द्रीय सदस्य कालिदाश न्यौपाने बैधिक धर्म परिसद सदस्य होमनाथ न्यौपाने , नगर उपाध्यक्ष रेणु न्यौपाने सचिव बामदेव खनाल , सदस्य होमप्रसाद खनाल को विशिष्ट आतिथ्यता मा भएको कार्यक्रममा वडा -४ का पुर्व वडा अध्यक्ष दिवाकर ढकाल ले विशिष्ट अतिथिको रुपमा बोल्दै ब्राह्ममण हरुको हकहितको लागि सबै ब्राह्ममण एकजुट हुनुपर्ने उल्लेख गर्नुभयो ।कार्यक्रममा गोबिन्द गौतम लगायत ले मन्तब्य राख्नुभएको थियो । समाजका सचिव चेतनारायण ज्ञवालि को सन्चालनमा भएको कार्यक्रममा तिलोत्तमा -४ का २०० बढि स्थानियहरुको उपस्थिति रहेको थियो । समाजका अध्यक्ष जनकलाल पाण्डेले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन सर्वसम्मत पारित भएको आयोजक ले जनाएको छ ।
प्रतिकृया दिनुहोस्