Web Design In Nepal

सुर्य ज्योति लाइफ इन्सुरेन्स पाल्पा रोड बुटवल शाखाको अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न ।।

भाद्र ७, २०८१ शुक्रबार 796

भाद्र ,७ बुटवल । सुर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनि लिमिटेड बुटवल ले अभिकर्ता उत्प्रेरणा ,सम्मान तथा तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार भएको कार्यक्रम मा वर्ष २०८०/८१ का उत्कृष्ट अभिकर्ता हरुलाइ सम्मान गरेको कार्यक्रमका अध्यक्ष तथा शाखा प्रमुख खेम थापाले बताउनु भयो । कम्पनि प्रदेश प्रमुख शुसिल चापागाइ को प्रमुख आतिथ्यता , नेपालका उत्कृष्ट एम डि आर टि कमल घिमिरेको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा पाल्पा रोड शाखाका सेल्स एक्जुकेटिभ सन्तोष ज्ञवालि को स्वागत तथा पत्रकार पारु न्यौपानेको सन्चालनमा सम्पन्न भएको थियो । प्रमुख अतिथि चापागाइले प्रशिक्षण दिनुभएको कार्यक्रम मा विशिष्ट अतिथि नेपाल टपर टिओटि एमडिआर्टि कमल घिमिरे ले निरन्तरता ले हरेक क्षेत्र मा सफलता प्राप्त गर्न सकिने बताउदै सबलाइ आफ्नो कार्यलाइ निरन्तर गर्न आग्रह गर्नुभयो । कार्यक्रममा एमुना पाण्डे विष्णु पाण्डे अ्मृता भन्डारि , भुवन रायमाझि , एजेन्सि म्यानेजर कल्पना नेपाल लगायत १०० जना बढि अभिकर्ता को उपस्थिति रहेको थियो । कार्यक्रम मा सुर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनि पाल्पा रोड बुटवल साखा नेपाल प्रथम हुन सफल भएको समेत आयोजक ले जनाएको छ ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्