
भाद्र २१, बुटवल । इडन मावि नहरपुर मा तिज गित तथा खुल्ला नृत्य प्रतियोगिता सम्पन्न भएको छ । स्कुलका प्राचार्य शिवहरी भट्टराई को अध्यक्षता एवम उप प्राचार्य कुशल बस्यालको सन्चालनमा सम्पन्न प्रतियोगितामा खुल्ला तर्फ मुस्कान गुरुङ को समुह प्रथम शाहिस्ता शाहि ठकुरिको समुह दोस्रो तथा प्रतिक्षा थापाको समुह तृतीय भएका छन । पहिलो दोस्रो तथा तेस्रो हुने समुहले क्रमश ४०००, ३०००, र २००० सहित मेडल प्रमाणपत्र र ट्रफि प्राप्त गरेका छन । प्रतियोगितामा कक्षा एक सम्मका १३ वटा टिम तथा कक्षा दुइ देखि १२ सम्म अन्तरसदनात्मक चार टिम र खुल्ला तर्फ पाच टिम गरि ९ टिम सहभागी भएका थिए । कला सँस्कृतिको जगेर्ना गर्दै विद्यार्थीहरुमा कला कौशलको विकास गर्न कार्यक्रम आयोजना गरिएको प्राचार्य शिवहरी भट्टराईले बताउनु भयो । कार्यक्रममा कक्षागत विजेता र सदनात्मक विजेता हरुलाई पनि मेडल प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतिकृया दिनुहोस्