
भाद्र २८ , तिलोत्तमा । एमाले तिलोत्तमा वडा नम्बर -४ को दोस्रो वडा अधिवेशन शुक्रवार सम्पन्न भएको छ । पार्टि केन्द्रीय सदस्य तथा रुपन्देहि क्षेत्र नम्बर दुइका इन्चार्ज गुमादेवि आचार्य को प्रमुख अतिथ्य मा भएको कार्यक्रम मा पार्टि प्रदेश कमिटि सदस्य एवम तिलोत्तमा इचार्ज तथा संसद वासुदेब घिमिरे को विशिष्ट आतिथ्य ,तिलोत्तमा नगर उपप्रमुख एवम नगर सह इन्चार्ज जगेश्वर देवि चौधरिको आतिथ्यमा भएको अधिवेशन ले पुन शंकर कपुर जिसिको अध्यक्षता मा १६ सदस्यिय नया नेतृत्व चयन गरेको छ । कार्यक्रममा प्रमुख अतिथि आचार्यले हाम्रा व्यबस्था पटक पटक परिवर्तन भएपनि अवस्था परिवर्तन हुन नसकेको तथा केन्द्रीय समिति बलियो बनाउन स्थानिय कमिटिलाइ सुदृढीकरण गर्न आवश्यक हुनेमा जोड दिनुभयो । कार्यक्रममा रुपन्देहि जिल्ला कमिटि सदस्य दिनेश फुल्लेल , तिलोत्तमा नगर कमिटिका अध्यक्ष तामनाथ पाण्डे , वडा इन्चार्ज तथा वडा ४ का निर्वाचित वडा अध्यक्ष हरि बहादुर क्षेत्री लगाएत ,ले बोल्नुभएको थियो । सुरेन्द्र कुमार वर्मा को संयोजकत्व मा रुकु पाण्डे तथा तुल्सि प्रसाद सापकोटा को निर्वाचन कमिटि ले घोषणा गरेको १६ सदस्यिय कमिटिको उपाध्यक्ष मा कोष बहादुर बस्नेत , सचिवमा प्रमोद तिवारि , सह सचिव मा होम प्रसाद खनाल एवम सिता गैरे रहनु भएको छ भने सदस्यहरुमा कृष्ण बहादुर थापा ,उदय नन्द पोख्रेल , तिलादेवि बस्याल हरिमाया नेपालि , मिना रसाइलि , पम्फा भट्टराइ , कपिल देव अधिकारि , दल बहादुर क्षेत्री , विष्णु थापा निर्वाचित हुनुभएको छ । । अधिवेशन ले जेष्ठ पार्टि सदस्य सम्मान , निवर्तमान जनप्रतिनिधि लगायत लाइ सम्मान समेत गरेको थियो । कमिटि अध्यक्ष शन्कर कपुर जिसि ले प्रतिवेदन प्रस्तुत गर्नु भएको उदघाटन शत्रको सन्चालन वडा कमिटि सचिव कोष बहादुर बस्नेत ले गर्नुभएको थियो भने उपाध्यक्ष नबिना भण्डारि को स्वागत मा सम्पन्न कार्यक्रममा ३०० बढि सदस्यहरुको उपस्थिति रहेको थियो । पुन आफ्नै नेतृत्व मा नया कमिटि गठन पश्चात अध्यक्ष जिसिले लगनशिलताका साथ पार्टि र सङगठन का लागि पर्ने प्रतिवद्दता जनाउनु भयो ।
प्रतिकृया दिनुहोस्