Web Design In Nepal

श्रम ज्योति क्लब बुटवल -७ को आयोजनामा खुल्ला भलिवल प्रतियोगिता सुरु।।

अषोज ३, २०८१ बिहिबार 64

असोज ,३ बुटवल । श्रमज्योति क्लब बुटवल ७ शिवनगरको आयोजनामा बी लेबल खुल्ला क्लब स्तरीय भलिबल प्रतियोगिता २०८१ सुरु भएको छ। क्लबका अध्यक्ष दिलबहादुर आचार्यको अध्यक्षता ,बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे को प्रमुख आतिथ्यता एवं मदन भण्डारी स्पोर्ट्स एकेडेमी नेपालका केन्द्रीय अध्यक्ष धुर्व आचार्यको विशिष्ट अतिथ्यतामा उद्घाटन भएको खेल तीन दिनसम्म चल्ने कार्यक्रम संयोजक पुरन गुरुङले बताउनुभयो ।

प्रमुख अतिथि पाण्डेले स्थानियको माग दिगो पना र सबैको सहभागिता को आधारमा खेल प्रवर्द्धनका लागि खेलमैदान सँगै बजेटहरू विनियोजन गरिए मात्र उपलब्धि हासिल हुने मा जोड दिनुभयो ।

खेल स्वास्थ्य र राष्ट्रसँग जोडिएको विषय भएकाले सबैको साझा अपनत्व हुने गरी लगानी गर्नुपर्नेमा जोड दिदै विशिष्ट अतिथि धुर्व आचार्यले खेलाडी राष्ट्रको झण्डा बोकेर हिँड्ने हुँदा हरेक सरकारले खेलको विकासमा बजेट विनियोजन हुनुपर्ने बताउनुभयो । संस्थाका सचिव कमल प्रकाश भुसालले सञ्चालन गर्नुभएको कार्यक्रममा सल्लाहकार बलबहादुर आचार्यले लगाएतले मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि राजनीतिक दलका प्रतिनिधि पत्रकार लगायतको उपस्थिति रहेको थियो। तीन दिनसम्म चल्ने प्रतियोगिताको पहिलो खेल दिप बोर्डिङ तथा पुलिस क्लबको लुम्बिनि प्रदेश तालिम केन्द्र का बीच भएको हो । प्रतियोगितामा दिप बोर्डिङ स्कुलले नेपाल पुलिस क्लबलाइ २-१ को सोझो सेटमा पराजित गरेको छ। प्रतियोगितामा शुक्रवार पनि प्रतिस्पर्धा हुने क्लबका उपाध्यक्ष ओमप्रकाश अर्यालले बताउनुभयो।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्