Web Design In Nepal

अक्सफोर्ड मा वि मा ११ र १२ अन्तरगत प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल सार्वजनिक ।

मंग्सिर १, २०८१ शनिबार 216

बुटवल उपमहनगरपालिका सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले कक्षा ११ र १२ अन्तरगत प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल सार्वजनिक गर्दै उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई प्रोत्साहनस्वरुप पुरस्कृत गरेको छ ।
प्रत्येक त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक कार्यक्रममा अक्सफोर्डमा अध्ययनरत उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद तथा तीन महिनाको छात्रवृत्तिसहित पुरस्कृत गर्ने गरेको विद्यालयका प्राचार्य दिनेश भुसालले बताउनुभयो ।
कक्षा ११ र १२ को प्रथम त्रैमासिक परीक्षामा सम्मिलित परीक्षार्थीहरुमध्ये ३ दशमलव ९० जिपिए ल्याउने सुदा चौधरीलाई नगद रु १० हजार, ३ महिनाको मासिक शुल्कमा शतप्रतिशत छुट र ३ं दशमलव ६ जिपिए भन्दामाथि ल्याउने १३ जना विद्यार्थीलाई नगद रु तीन हजार तथा ३ महिनाको मासिक शुल्कमा शतप्रतिशत छुटको साथमा सम्मान तथा पुरस्कृत गरेको विद्यालयका प्राचार्य दिनेश भुसालले बताउनुभयो ।
उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई प्रोत्साहन मिलोस भनेर निरन्तर विद्यालयले सम्मान गर्दै आएको उल्लेख गर्दै प्राचार्य भुसालले प्रत्येक त्रैमासिक परीक्षामा विद्यार्थीलाई थप प्रोत्साहनका लागि सम्मान तथा पुरस्कृत गर्ने गरेको बताउनुभयो ।
विद्यालयले गरेको उत्कृष्ट विद्यार्थी सम्मान कार्यले विद्यार्थीहरूमा प्रतिस्पर्धाको भावना जाग्नुका साथै पढ्नुपर्ने रहेछ भन्ने मानसिकता विद्यार्थीमा पर्ने गरेको बताउदै प्राध्यापक सुमन भुसालले विद्यालयमा पढाइको अलवा विभिन्न खेलकुद तथा साहित्यका हरेक विद्याहरूमा विद्यार्थीहरू बिच प्रतिश्पर्धा हुने र विद्यार्थीको रोजाई अक्सफोर्ड परेको हुँदा संस्कार सहितको शिक्षामा जोड दिँदै सैद्धान्तिक भन्दा प्रयोगात्मक शिक्षणमा आफूहरूले जोड दिँदै आएको कुरामा जोड दिनुभयो।
केही वर्ष यता विद्यालयमा सिर्जनात्मक गतिविधिको कारण विद्यार्थीको चाप ह्वात्तै बढेको हुदा रिजल्टहरूमा पनि नेपालमै उत्कृष्ट हुन सफल भएको स्मरण गर्दै प्राध्यापक भुसालले अभिभावक , प्राध्यापक तथा कर्मचारीहरू धन्यवादका पात्र रहेको बताउनुभयो। परीक्षाफल कार्यक्रम कक्षा ११ बाट सुदा चौधरी ३.९० जिपिए ल्याइ उत्कृष्ट बनेकी छन्। ३.६० भन्दा माथि जिपिए ल्याउने १३ जना विद्यार्थीका अभिभावक तथा विद्यार्थीहरूलाई माला ,खादा तथा नगद सहित सम्मान गरिएको थियोे ।
सम्मान कार्यक्रममा अक्सफोर्ड क्याम्पसका अध्यक्ष अजित खनाल क्याम्पस प्रमुख मनोज मरासिनी ,प्राचार्य दिनेश भुसाल ,प्राध्यापक सुमन भुसाल लगायतको उपस्थिति रहेको थियोे । साथै परीक्षाफल सार्वजनिक कार्यक्रममा आफ्नो कक्षाबाट शतप्रतिशत अभिभावक उपस्थित गराउने प्राध्यापकहरूलाई समेत सम्मान गरेको प्राध्यापक सुमन भुसालले बताउनुभयो ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्